२६ कार्तिक २०७७, बुधबार

पोर्चुगलले घरेलु मैदानमा एन्डोरासँग प्रतिस्पार्धा गर्दै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार खेल
2.3kViews
1077 Shares

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा आज राति युरो तथा नेसन्स लिग च्याम्पियन पोर्चुगलले घरेलु मैदानमा एन्डोरासँग प्रतिस्पार्धा गर्दै छ ।

खेल लिसोवामा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । घरेलु मैदानमा पोर्चुगल एन्डोरामाथि सहज जित निकाल्दै नेसन्स लिगको समूह चरणको बाँकी दुई खेलको लागि तयार रहेको संकेत दिन चहान्छ ।

यो पनि पढ्नुहोस् ...  बार्सिलोना मै आउने नेयमारको तीव्र इच्छा

टोलीका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले चोटका कारण एन्डोराविरुद्ध खेल्ने सम्भावना न्युन रहेको छ । रोनाल्डो नभएपनि टोलीसँग युवा स्टार खेलाडीहरुको बाहुल्यता रहेको छ ।

डिएगो जोटा, जोआओ फेलिक्स, बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, ड्यानियल पोडेन्स, ट्रिन्काओ, रुवेन नेभेस, ब्रुनो फर्नान्डेस, विलियम कार्भाल्हो, जोओ मौटिन्हो, रुवेन डियास, नेल्सन सेमेडो ररुइ प्याट्रिसियो जस्ता खेलाडीहरुको साथ रहेको छ ।

यो पनि पढ्नुहोस् ...  एडिनसन काभानी इंङ्लिश क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एन्डोरासँग दुई खेल खेल्दा दुवैमा जित निकालेको पोर्चुगल सोही जितलाई निरन्तरता दिने दाँउमा हुनेछ । मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ ३ मा रहेको पोर्चुगलले दुई महत्वपुर्ण खेलमा फ्रान्स र क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्ससँग घरेलु मैदानमा १५ नोभेम्बरमा तथा क्रोएसियासँग १८ नोभेम्बरमा पोर्चुगलले प्रतिस्पर्धा गदैछ ।

यो पनि पढ्नुहोस् ...  नेपालले भन्दा पहिले सिंगापुरले इतिहास रच्यो

समूहमा अपराजित रहेको पोर्चुगलको ४ खेलबाट १० अंक रहेको छ । अपराजित नै रहेको फ्रान्सको पनि १० अंक रहेको छ । क्रोएसियाको ३ तथा स्वीडेन अंक विहीन छ । यता, एन्डोरा पनि पोर्चुगललाई हराउने लक्ष्यमा हुनेछ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार