२६ कार्तिक २०७७, बुधबार

सुर्खेतबाट ८ जुवाडे पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार समाचार
3.0kViews
1567 Shares

सुर्खेत । सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट रु एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट गए राति आठ जनालाई जुवाखालबाट पक्राउ गरेको हो । उनीहरुबाट दुईगड्डी तास र प्लाष्टिकको एक थान चटाइसहित रु एक लाख तीन हजार ५३५ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  प्रा.डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखे पत्र (पत्रसहित)

उहाँका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवनबहादुर शाही, ३० वर्षीय तपेन्द्र र नवीन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश तथा भीमबहादुर शाही र ४६ वर्षीय कटक शाही रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने जुवासम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार