२६ कार्तिक २०७७, बुधबार

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा प्रधानमन्त्रीको पनि संलग्नता छ, स्वर बाँस्कोटाकै हो’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार समाचार
2.2kViews
1739 Shares

काठमाडौं । तात्कालिन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड सार्वजनिक गरेर चर्चा कमाएका विजयप्रकाश मिश्रले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अनियमिततामा संलग्न रहेको भन्दै गम्भीर आरोप लगाएका छन् ।

ुगाली बेइज्जतीु मुद्दाको लिखित जुवाफका क्रममा मिश्रले यसपटक मात्रै नभइ अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले अनियमितता गर्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रीपरिषबाट नीतिगत निर्णय गरेको दाबी गरेका छन् ।

जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा पेस गरेको लिखित जुवाफमा बाँस्कोटाले आफसंग भएको कुराकानी भएको तथ्यलाई समेत स्वीकार गरेको भन्दै यो अनियमिततामा बाँस्कोटा संगै प्रधानमन्त्री ओली समेत संलग्न रहेको मिश्रको जिकिर छ । बाँस्कोटाले आम सञ्चारका माध्यमहरुबाट झुठा लाञ्छना लगाई गाली बेइज्जती गरेको आरोपमा मिश्र विरुद्ध रिट हालेका थिए ।

तत्कालीन एमाले र माओवादी गठबन्धनको समय २०७३ असार(साउनमा माओवादीले र कांग्रेस संग गठबन्धन बनाएका थिए । ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि हतारहतार सुरक्षा विकास समिति गर्नुमा अनियमितता गर्ने उदेश्य रहेको मिश्रको आरोप छ । ओलीले राजिनामा दिनु भन्दा केही दिन अगाडि २०७३ साउन ५ गते मन्त्रीपरिषद बैठकले सुरक्षण मुद्रण विकास समिति गठन आदेश जारि गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव

कार्तिक ८ गते राजपत्रमा मुद्रण विकास समिति २०७३ गठन आदेशपत्र प्रकाशित भएको थियो । हतारहतार मुद्रण विकास समिति गठन गर्नुको कारण यसलाई मुर्तरुप दिनमा प्रधानमन्त्रीको पनि संलग्नता देखिन्छ । ‘प्रधानमन्त्रीको सहमति विना कुनैपनि निर्णय मन्त्रीपरिषदबाट नसक्ने भएकाले सेक्युरिटी प्रिन्टिङ प्रेस अनियमिततामा प्रधानमन्त्री संलग्न देखिन्छ’ मिश्रको लेखित जुवाफमा उल्लेख छ ।

उक्त अनियमितता बारे प्रधानमन्त्री ओलीलाई पटक पटक अडियो रेकर्ड नै पठाएर जानकारी दिदा समेत कुनै प्रतिक्रिया नआएपछि बाध्य भएर रेकर्ड सार्वजनिक गरेको बताए ।

यो पनि पढ्नुहोस् ...  उम्मेदवार विद्या भट्टराईले गरे मतदान

मिश्रको आरोप अनुसार पनि ओली प्रधानमन्त्री हुदा हतारहतार गठन गरेका मुद्रण विकास समिति त्यतिबेला तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा अगाडि बढ्न नदिएकोमा पुनः ओली प्रधानमन्त्री बनेपछि सुरक्षण मुद्रन प्रक्रिया आगडि बढेका थिए । २०७६÷७७ सालको सरकारको नीति तथा कार्यक्रममा दुई वर्ष भित्र सुरक्षित छापाखाना स्थापना गरि राहदानी, नोट,हुलाक टिकट,लालपुर्जा,अन्तशुल्क स्टिकर र सार्वजनिक महत्त्वका कागजात प्रिन्ट गर्ने उल्लेख थियो ।

सुरक्षण मुद्रण सम्बन्धि उपकरण सरकार–सरकार (जीटुजी) माध्यमबाट खरिद गर्ने भनि निर्णय गरेका थिए । सरकारले बैंक नोटबाहेकको संयन्त्र स्थापना गर्न खोजेको छ । बैंक नोट प्रिन्ट हुनेगरी सुरक्षण मुद्रण केन्द्र स्थापना हुनुपर्नेमा भ्रष्टचार गर्ने नियतले बैंक नोट छाप्ने संयन्त्र समाबेश नगरिएको दाबी मिश्रले गरेका छन् ।

गोकुल बास्कोटाकै अवाज रहेको मिश्रको दाबी
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियो टेपमा भएको अवाज गोकुल बाँस्कोटाकै भएको र उक्त तथ्य बाँस्कोटा आफैले स्वीकार गरिसकेको मिश्रले दाबी गरेको छ ।

यो पनि पढ्नुहोस् ...  ‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइ

उक्त अडियो टेप सार्वजनिक भएपछि तात्कालिक सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मैले फरक परिस्थिति र सन्दर्भमा बोलेको कुरा आधुनिक प्रविधिको दुरुपयोग गरि मलाई बदनाम गर्ने उदेश्यले मेरो व्यक्तिगत चरित्र,आचारण, नैतिकता,ख्यातिलाई होच्याउने गरि चरित्रहत्या गर्ने बदनियतले विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रशासरण गरेको भनि मुद्दा हालेका थिए।

०७६ फागुन ७ गते बाँस्कोटा र मिश्रबीचको गोप्य टेप सार्वजनिक भएको थियो । उक्त टेपमा तात्कलिन मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको डिल गरेको तथ्य सार्वजनिक भएको थियो ।

मिश्रले सूचना दिने व्यक्तिलाई पुरस्कार समेत प्रदान गर्ने व्यवस्था नेपालको कानुनमा भएको तर आफुलाई झुठा मुद्दा लगाएर फसाउने नियत राखेर मुद्दा दर्ता गरेको भन्दै आफुलाई सफाइको माग गर्दै प्रतिउत्तरपत्र पठाएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार