२६ कार्तिक २०७७, बुधबार

बीस वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार समाचार
1.7kViews
1055 Shares

त्रिशूली । सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ ।तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको छ । नयाँ भवनको मङ्गलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य पुनः प्रभावित

वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको बताउनुभयो । वाग्मती प्रदेशमार्फत प्राप्त रु एक करोड ८७ लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्तामैत्रीसहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्षसहित बहुविपद् प्रतिरोधी भवनमा विभिन्न नौवटा कोठा रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

प्रहरी चौकी झिल्टुङ स्थापनाको समयमा साविक दुईपिपल गाविसको मुकाम रहेको स्थान डबलीमा भए पनि चौकीमा क्षति पुगेपछि पुनःस्थापनाको क्रममा स्थानन्तरण गरेर घ्याम्पेस्थित भाडाको घरबाट सञ्चालन गर्दै सोही स्थानमा नयाँ भवन बनाइएको हो । नयाँ भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बेलकोटगढी नगरपालिका–६का गोपीप्रसाद घिमिरे र उत्तरकुमार घिमिरेलाई प्रंशसापत्रले सम्मान गरिएको छ । सशस्त्र युद्धको समयमा क्षति पुगेका प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत किम्ताङ प्रहरी चौकीको पनि निर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको छ ।

यो पनि पढ्नुहोस् ...  महरालाई थुनामा राख्ने अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पुगिन रोशनी शाही

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार