२६ कार्तिक २०७७, बुधबार

रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोली घोषणा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार खेल
2.6kViews
1581 Shares

एजेन्सी – एक मैत्रीपुर्ण र दुई नेसन्स लिगको लागि इटालियन क्लब युभेन्ट्स तथा पोर्चुगिज टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगिज टोलीको घोषणा भएको छ ।

चोटका कारण टोलीमा रहने वा नरहने अन्योलकाबीच प्रशिक्षक सान्तोषले कप्तान रोनाल्डोलाई टोलीमा समेटेका हुन् । सिरी ‘ए’ मा शनिबार राति लाजियोसँग १–१ गोलको बराबरी भएको खेलमा रोनाल्डोले चोट बोक्दै ७५औं मिनेटमा मैदान छाडेका थिए । रोनाल्डोले खेल छाड्दा १(० ले अघि रहेको युभेन्टस अन्तिम समयमा गोल खान पुगेको थियो ।

यो पनि पढ्नुहोस् ...  फ्रेन्च लिग वानमा पीएसजीको सुखद सुरुवात

रोनाल्डोको बाँया खुट्टाको गोलीगाठो र जोर्नीमा समस्या देखिएको थियो । तर, उनको चोट गम्भीर नरहेको र खेल्न सक्ने बताएपछि उनी टोलीमा समेटिएको हो ।

टोलीमा समावेश भएपनि उनले खेल्न सक्ने वा नसक्ने स्पष्ट पारिएको छैन । रोनाल्डोको चोटको विषयमा राष्ट्रिय टोलीकै मेडिकल टोलीले विस्तृतमा परिक्षण गरेपछि मात्रै खेल् सक्ने वा नसक्ने टुंगो लाग्नेछ ।

यो पनि पढ्नुहोस् ...  साग महिला फूटबल: प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट

३५ वर्षीय रोनाल्डोले मैत्रीपुर्ण खेल गुमाएपनि नेसन्स लिगाका दुई खेल खेल्न सक्ने सम्भावना रहेको छ । पोर्चुगलले बिहीबार एन्डोरासँग मैत्रीपुर्ण खेल्दैछ । त्यसपछि नेसन्स लिगमा १४ नोभेम्वरमा घरेलु मैदानमा फ्रान्ससँग तथा त्यसको तीन दिनपछि क्रोएसियासँग खेल्दैछ ।

यो पनि पढ्नुहोस् ...  स्याङ्जा जिल्लामै पहिलोपटक फुटसल खेलको शुरुआत

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार