२६ कार्तिक २०७७, बुधबार

नेयमारले पीएसजीमा बस्ने चाहना रहेको बताएपछि सम्झौता लम्ब्याउन पीएसजी तयार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार खेल
2.3kViews
1282 Shares

 

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी ब्राजिलियन सुपरस्टार फरवार्ड नेयमारसँग नयाँ सम्झौता लम्ब्याउन तयार भएको छ ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियानार्दोले आफ्नो टोलीका महत्वपुर्ण खेलाडी नेयमारको नयाँ सम्झौताको प्रक्रिया सुरु भएको बताएका छन् । पीएसजीसँग २८ वर्षीय नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । पछिल्लो साता नेयमारले नै पीएसजीमा बस्ने चाहना रहेको बताएपछि क्लबले पनि सम्झौताका विषय अघि बढाएको हो ।

यो पनि पढ्नुहोस् ...  सोह्र खेलमैदानको स्तरोन्नति

२०१७ मा क्याटलान क्लब बार्सिलोनाबाट विश्व कीर्तिमानी मुल्य १९८ मिलियन पाउन्डमा पीएसजी आएका नेयमार अर्को वर्ष नै बार्सिलोना फर्कन चाहेको समाचार बाहिर आएको थियो । पछिल्लो दुई सिजन नै उनले बार्सिलोना फर्कने मनासय बनाएपनि दुई क्लबबीच निष्कर्ष निस्कन नसक्दा नेयमारको सरुवा हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस् ...  च्याम्पियन्स लिग: आज ठूला क्लबरुबीचको भिडन्त

एक साता अघि नै नेयमारले बार्सिलोना जाने यात्रामा पुर्णविराम लागेको बताएका थिए । उनले पीएसजीसँग साताको ६ मिलियन पाउण्ड तलवको नयाँ सम्झौतालाई नै निरन्तरता दिने भएका छन ।

नेयमारको उच्च प्रदर्शनमा पीएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको थियो । पहिलोपटक फाइनल प्रवेश गरेको पीएसजी फाइन्लमा बायर्नसँग १–० ले पराजित भएको थियो ।

यो पनि पढ्नुहोस् ...  तेस्रो गोलबजार मेयर गोल्डकपको उपाधी बागमतीलाई

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार