२५ कार्तिक २०७७, मंगलवार

झापामा अक्सिजन बैंक स्थापनाको तयारी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार १ नं. प्रदेश
2.6kViews
1040 Shares

झापा । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्ने भएको हो ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि विरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताए । उनले १५ दिनभित्रमा रु। १२ लाखको लगानीमा दुई सय अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक शुरु गर्ने बताए । उनले कोरोना सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिक रुपमा सामान्य, असहाय र विपन्न परिवारलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सशुल्क सेवा दिइने बताए । संयोजक गरीले कोभिड सूचना तथा सहायता केन्द्रको समेत स्थापना गरेर कोरोना सङ्क्रमितलाई निःशुल्क परामर्श दिइने जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  कोभिड–१९ को रोकथाम र उपचारमा कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री

अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । रु। एक करोड २ लाख ५६ हजारको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई रु।११ लाख रुपैयाँ प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  पतिले हिर्काउदा पत्निको ज्यान गयो

पालिया खोलामा पक्की पुल
मेचीनगर नगरपालिका–७ मा रहेको पालिया नदीमा पक्की पुल बन्न थालेपछि स्थानीय हर्षित बनेका छन् । प्रदेश नम्बर १ सरकारको रु। तीन करोड ८४ लाख १४ हजार ३८७ लागतमा पुल बन्न शुरु भएको हो । सो पुल निर्माणको ठेक्का हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवाले लिएको छ । सेवासँग वि।सं। २०७८ असार २० गते निर्माण सक्ने गरी गत बैशाख २४ गते सम्झौता भएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

यो पनि पढ्नुहोस् ...  प्रदेश नं १ : प्रदेश प्रहरी र वन विधेयक पारित

उनका अनुसार ८२ फिट लम्बाई र २८ फिट चौडाई रहने पुलको दुबै तर्फ ४ ÷४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने छ । पक्की पुल निर्माण भएपछि मेचीनगर—७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टालाई जोड्नेछ । पुल सञ्चालनमा आए लगत्तै मेचीनगर र चन्द्रगढी विमास्थलको दूरी १४ किलोमिटरमात्र हुने उनले बताए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार