२५ कार्तिक २०७७, मंगलवार

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नै गरे ओलीको ट्वीटर ह्यान्डल दुरुपयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार BOX NEWS
4.1kViews
1267 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूूर्य थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलबाट मंगलबार दिउँसो एउटा पोष्ट सार्वजनिक गरे । प्रधानमन्त्री ओलीको भेरिफाइड एकाउन्टबाट भएको उक्त ट्वीटको स्क्रिन सट अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।

यो पनि पढ्नुहोस् ...  ट्रम्पको पराजयसँगै रिपब्लिकन पार्टीमा शुरू भयो उथलपुथल

आखिर किन उक्त ट्वीटले चर्चा पायो ? खास के थियो त्यसमा ?

हटाइएको ट्वीटमा पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको तर्फबाट शुभकामना दिइएको थियो ।

यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुशी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको थियो ।

यो पनि पढ्नुहोस् ...  नेकपा सचिवालय बैठक सुरु, ओलीले लिखित जवाफ प्रस्तुत गर्ने

हेर्नुस् प्रधानमन्त्रीको ट्वीटरबाट भएको पोष्ट :

तर, ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ । पौडेलले अनलाइनखरबाट केही समयअघि मात्र राजीनामा दिएका छन् । साथै, थापा र पौडेल कोरोना संक्रमित पनि भएका थिए । थापाले आफ्नै कार्यकक्षमा गरेको भेटबारे जानकारी गराउँदै गर्दा प्रधानमन्त्री ओलीको ट्वीट खुलेको पत्तो पाएनन् ।

यो पनि पढ्नुहोस् ...  माधव नेपाललाई प्रधानमन्त्री बन्न ओलीको अफर, माधवले भने, ‘मलाई चाहिएन, तपाई सुध्रिनुस्’

यसअघि पनि प्रधानमन्त्रीका विभिन्न सूचनाहरु गलत तरिकाबाट प्रसारित भएको भन्दै आलोचना बढेको थियो ।

थापाले आफ्नो ट्वीटरमा पछि राखेको पोष्ट :

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार