२५ कार्तिक २०७७, मंगलवार

कोरोना रोकथामबारे बुझ्न मन्त्रालयको टोली भक्तपुरमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार ३ नं. प्रदेश
2.0kViews
1568 Shares

भक्तपुर । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा भक्तपुर नगरपालिकाले गरेका क्रियाकलापको बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी लिएको छ ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. वासुदेव पाण्डे नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका पुगेर नगरप्रमुख सुनील प्रजापतिलगायतसँग छलफल गरेको हो । सो अवसरमा प्रमुख प्रजापतिले स्रोत र साधनको अभावबीच पनि जनप्रतिनिधि आ—आफ्नो क्षमताअनुसार कोरोनाबाट समाजलाई जोगाउन सक्रियतापूर्वक लागिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  नयाँ व्यावसायिक एवम् औद्योगिक प्रतिष्ठान सञ्चालनमा

नगरपालिकाले नेपाल सरकारको कार्यविधिअनुसार प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी कोरोना नियन्त्रण तथा रोकथाममा क्रियाशील भई गरिरहेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

डा. पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको जनाउँदै संक्रमितहरूको पहिचान हुन नसक्दा संक्रमणको खतरा झन् बढ्दै गइरहेको बताउनुभयो ।
सो नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र प्रमुख डा. रत्नसुन्दर लासिवाले कोरोना बीमाले जनतामाझ अन्योल सिर्जना भएकाल े स्पष्ट सन्देश दिन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस् ...  प्रदेशभित्रका सागका बिजेतालाई नगद पुरस्कार दिने ३ नम्बर प्रदेश सरकारको निर्णय

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार