२५ कार्तिक २०७७, मंगलवार

प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार १ नं. प्रदेश
1.9kViews
1120 Shares

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुई÷दुई, इलाम र पाँचथरमा एक÷एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।

यो पनि पढ्नुहोस् ...  मुख्य न्यायायाधिवक्तामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार