२५ कार्तिक २०७७, मंगलवार

सुधिर बस्नेत ठगी प्रकरण : ओरियन्टल सहकारीका निक्षेपकर्ता अर्बौं रकम नपाएपछि छटपटिमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार अर्थ
2.9kViews
1634 Shares

काठमाडौं । लामो समयदेखि ८ हजार सर्वसाधरणसँग ठगि गरेर खुल्ला हिँडिरहेका सुधिर बस्नेत पक्राउ नपर्दा पीडितहरु झनै पीडामा परेका छन् । विश्व बैंक, संयुक्त राष्ट्रसंघदेखि प्रधानमन्त्री निवास बालुटार र मानव अधिकार आयोगमा समेत धर्ना दिँदापनि आफ्नो फसेको रकम उठाउन नसकेपछि अहिले पीति सर्वसाधरणहरु झनै पीडाबोध गरिरहेका छन् ।

काठमाडौंको, मैतिदेवीमा बस्दै आएका मधुुसुुदन पौडेलले बस्नेतकै ओरियन्टल सहकारीमा ०६९ सालअघि नै रकम जम्मा गरेका थिए । बुढेसकालमा औषधि उपचार र सुखले बस्ने धोकोमा कमाएजति सबै रकम बस्नेतकै सहकारीमा राखेका उनी अहिले कसरी आफ्नो पैसा हात पार्नु भनेर दिनरात भौंतारिरहेका छन् । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् ।

यो पनि पढ्नुहोस् ...  एक वर्षमा १४ हजार रुपयाँले बढ्यो सुन,नयाँ रेकर्ड बनाउने सङ्केत

उनीजस्तै ८ हजार बढी सहकारीका सर्वसाधरणका ५ अर्ब भन्दा बढी रकम बस्नेतले झ्वाम पारेका छन् । बस्नेतले ठगि गरेर फरार भए बेलादेखि देशमा धेरै सत्ता परिवर्तन भए । अस्थिरता रहेको देशमा स्थिर सरकार बनेर काम गरिरहेको छ । अर्बौं रकम झ्वाम पारेर सर्वसाधरणलाई दुख दिइरहेका बस्नेत भने खुलेयाम सडकमा हिँडिरहेका छन् ।

यो पनि पढ्नुहोस् ...  सुनको मूल्य प्रतितोला ९१ हजार पुग्यो

सत्ता भने आफ्नो आन्तरिक खिचातानिमै व्यस्त छ । सकिनसकि मास्क भिरेर उज्यालोको कार्यालमा प्रवेश गरेका पौडेल त्यही पैसाको कारण अहिले दिनरात दौडधुुप गरिरहेका छन् । विभिन्न ठाउँमा धर्ना, जुलुस गर्दापनि आफ्नो पैसा उठ्ने संकेत नदेखेपछि अहिले पौडेल समाचार संस्थाहरुमा सहयोग माग्दै प्रवेश गर्ने गरेका छन् । ‘अरु कुनै उपायबाट यत्रो ठूलो हिनामिना तथा घोटलाको समधान हुने संभावना छैन, र देखिँदैन, तसर्थ जतिसक्दो छिटो सरकार आँफैले यो समस्याको समाधान गर्नुपर्छ ।’ उनी भन्छन् ।

यो पनि पढ्नुहोस् ...  नेप्से दोहोरो अङ्कले घट्यो

सहकारीबाट सर्वसाधारणको रु ४ अर्बभन्दा बढी निक्षेप अपचलन, बैंकहरुको ऋण र आफूसँग कारोबारमा जोडिएका झण्डै ८ हजार सर्वसाधारणलाई ठगी गरेको उनीमाथि आरोप छ ।

आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स, कोहिनुर हिल हाउजिंग मार्फत सर्वसाधारणलाई आवस दिने सपना देखाएर उनले ठगी गरेका हुन् ।

गत २० साउनमा सर्वोच्चमा उनले निक्षेपकर्ताहरुको रकम फिर्ता गर्नेू बताएका पनि थिए । तर, अहिले पनि कुनै वास्ता नहुँदा आफूहरु समस्यामा परेको पौडेल बताउँछन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार