२५ कार्तिक २०७७, मंगलवार

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब माथि

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार अर्थ
2.4kViews
1595 Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो ।

नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ ।

कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए ।

यो पनि पढ्नुहोस् ...  सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको कती ?

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ । यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी चम्किएको छ । सो कम्पनीको रु २८ करोड ५३ लाख ३२ हजार १५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड ५८ लाख ४४ हजार १६८, हिमालयन डिस्टिलरी रु २० करोड ८३ लाख ४८ हजार ८११, नेपाल दूरसञ्चार कम्पनी रु २० करोड ६४ लाख ४३ हजार ८७२, कामना सेवा विकास बैंक रु १६ करोड ८७ लाख ८२ हजार ६१७, नेशनल लाइफ इन्स्योरेन्स रु १६ करोड ७१ लख ४१ हजार ७६६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ५१ लख ५० हजार ७८४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यो पनि पढ्नुहोस् ...  नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोारेशन र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सानिमा जनरल इन्स्योरेन्स ९.९१, ओरियन्टल होटल ६.७९, हिमालयन जनरल इन्स्योरेन्स ६.२९ र तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले ५.५१ प्रतिशतले कमाए ।

यो पनि पढ्नुहोस् ...  नेप्से परिसूचकले हासिल गर्‍यो नयाँ उचाइ

यसैगरी, विशाल बजार कम्पनी ४.६१, अरुण भ्याली हाइड्रोपावर २.६९, विजय लघुवित्त २.६४, आँखु खोला जलविद्युत् कम्पनी २.३३, सांग्रिला डेभलपमेन्ट बैंक २.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले २.०७ प्रतिशतले गुमाए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार