२५ कार्तिक २०७७, मंगलवार

राजस्व कार्यालयले लक्ष्य भेटेन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार अर्थ
2.4kViews
1772 Shares

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो । तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

यो पनि पढ्नुहोस् ...  ७ अर्ब राजश्व सङ्कलन

असोजसम्ममा आम्दानी करमा १११ प्रतिशत र मूल्यअभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ । सङ्कलित राजस्वमा आम्दानी कर रु ५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर रु ५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क रु ५१ करोड ६४ लाख ७८ लाख असुली भएको छ ।

यो पनि पढ्नुहोस् ...  सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा १२३ प्रतिशत, मूल्यअभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ । सो महिनामा रु ६५ करोड ३० लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ६३ करोड २१ लाख ९१ हजार राजस्व सङ्कलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  कोरोनाभाइरसको प्रभाव : यसपालीको आर्थिक वृद्धि दर २.२७ प्रतिशत रहने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार