२५ कार्तिक २०७७, मंगलवार

झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी हर्षित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार समाचार
1.8kViews
1866 Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१, बहुवान सिस्यानीमा झोलुङ्गे पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । विनयी खोलाका कारण बर्सेनि सास्ती खेप्दै आएका यस क्षेत्रका स्थानीयवासी अहिले झोलुङ्गे पुल निर्माण भएपछि खुुसी भएका हुन् ।

विगतका वर्षमा आवतजावतका लागि खोला तर्नुपर्ने बाध्यता स्थानीयवासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयवासीले ज्यानसमेत गुमाउने गरेको स्थानीय धनबहादुर सोमैले बताउनुभयो । अब पुल बनेपछि दैनिक आवतजावतमा सुविधा पुग्ने उहाँको भनाइ छ । बिरामी हुदाँ उपचारका लागि जानसमेत वर्षाको समयमा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  मौलिक हकको कार्यान्वयनका लागि २० बुँदे सिफारिस

केही समयअघि गण्डकी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री रामशरण बस्नेत कोरोला त्रिवेणी सडकको अध्ययनका लागि यस क्षेत्र पुग्ने क्रममा स्थानीयवासीले त्यहाँको समस्या बताएकाथिए । त्यसपछि प्रदेश सरकारको लागतमा पुल निर्माण भएको हो । सोमबार पुलको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस क्षेत्रका स्थानीयले माग गरेबमोजिमको पुल निर्माण सम्पन्न भएकामा खुसी लागेको बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

भारतसँग जोडिन कोरला–त्रिवेणी सडकमा महत्वपूर्ण क्षेत्रको रूपमा बहुवान रहेको छ । बहुवानसम्म अहिले कच्ची सडक रहेको छ । यहाँबाट त्रिवेणीसम्म करिब १९ किलोमिटर खण्डमा ट्र्याक खोल्नुपर्ने छ । ट्र्याक खुलेमा गण्डकी प्रदेश सोझै आफ्नै प्रदेशको बाटो हुदै भारतीय सीमा नाकासँग जोडिने छ । यद्यपि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । बहुवानमा त्रिवेणी नाका जोड्ने सडक निर्माणका लागि आवश्यक कामहरु भइरहेको र यस क्रममा रहेका केही कानूनी अड्चन हटाउँदै यस सडकखण्ड खोलेर छाड्ने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस् ...  एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलार्इृ

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार