२५ कार्तिक २०७७, मंगलवार

कमलादेवी ! अमेरिकी पहिलो महिला उपराष्ट्रपति

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार समाचार
1.8kViews
1520 Shares

काठमाडौं । नामै कमलादेवी । दक्षिण एसियाली नाम । सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना तर सङ्घर्षको गाथा कति कति ।

संयुक्त राज्य अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट इतिहास रच्दै पूर्व हार्वर्ड विद्यार्थी ५६ वर्र्षीया अश्वेत महिला कमलादेवी ह्यारिस उपराष्ट्रपति बन्न सफल हुनुभएको छ । विश्व शक्तिराष्ट्र अमेरिकामा भएको उहाँको यो जितले विश्वभरकै महिला वर्गमा फरक खुसी छाएको छ । आफूलाई अमेरिकाको उपराष्ट्रपतिसँगै सिनेटर, कसैकी पत्नी, आमा र अधिकारकर्मीका रूपमा उनले परिचय सार्वजनिक गरेकिछन् ।

यो पनि पढ्नुहोस् ...  उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्यो, एउटा पनि छैन क्वारेन्टिन

हुन त अमेरिकाभन्दा अघि नै धेरै मुलुकमा महिला राष्ट्रप्रमुख भइसकेका छन् तर अमेरिकामा भने कमलादेवी नै महिलाबाट पहिलो उपराष्ट्रपति बनेकी हुन् । संयोग कस्तो भने महिलाले मतदान गर्न पाएको एक सय वर्षपछि उनी उपराष्ट्रपति बनेकी छन्। लामो राजनीतिक इतिहासमा महिला राष्ट्रपति भएको त अमेरिकी इतिहासै छैन । चार वर्षअघिको निर्वाचनमा हिलारी क्लिन्टन निर्वाचित हुने व्यापक आशा गरिए पनि अन्तिम समयमा उनी पराजित भएकी थिइन् । राष्ट्रपतिको उम्मेदवार भने उहाँ पहिलो हो ।

यो पनि पढ्नुहोस् ...  आजको मौसम

कमलादेवीको यस पटकको यो विजयले चार वर्षअघि राष्ट्रपति पदमा हिलारीको हारको चोट थोरै भए पनि मत्थर गराउन सकेको महसुस गरिएको छ । तथ्याङ्क अनुसार अमेरिकामा पुरुषको तुलनामा महिला मतदाता बढी छन् । जसको पुष्टि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ६३।३ प्रतिशत महिलाले मतदान गरेबाट हुन्छ ।गोरखापत्र दैनिकबाट

यो पनि पढ्नुहोस् ...  सिन्धुलीको सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार