२५ कार्तिक २०७७, मंगलवार

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार समाचार
2.5kViews
1010 Shares

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ ।

अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबर्ट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको छ ।

यो पनि पढ्नुहोस् ...  विद्यार्थीको कोरोना विमा गर्न अनेरास्ववियूको माग

कोरोना सङ्क्रमितसँग डाक्टर, नर्स लगायतका अन्य व्यक्तिको सम्पर्क कम होस् भन्नका लागि नगरपालिकाले नगर अस्पतालमा नर्सिङ रोबर्ट प्रयोगमा ल्याएको हो । अस्पतालले नर्सिङ रोबर्ट सञ्चालनमा ल्याएसँगै डाक्टर, नर्स र अस्पतालमा सेवा लिन आउने व्यक्तिले सुरक्षित महसुस गरेका छन् । सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधि लगायतका वस्तु बाहिर ढोकैमा राख्ने र निर्देशन अनुसार रोबर्टले ढोकादेखि बिरामीको बेडसम्म पु¥याउने गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  साइप्रसमा एक नेपाली युवतीको दुर्घटनामा परि मृत्‍यु

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा नर्सिङ रोबर्टको प्रयोगले सङ्क्रमितलाई सामान पु¥याउन र औषधि प्रयोग गर्न सहज भएको बताए । रोबर्टमार्फत सेवा दिने यो नेपालकै पहिलो अस्पताल भएको दाबी गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  ट्याक्सी दुर्घटनामा चालकको निधन

उनले भने, “नेपालकै इन्जिनियरले बनाएको नर्सिङ रोबर्टको प्रयोगले अस्पतालमा स्वास्थ्यकर्मीलाई सहयोग पुगेको छ, रोबर्टको प्रयोगले सङ्क्रमितको उपचारमा सारथि बन्दै गएको छ ।” आगामी दिनमा रोबर्टको प्रयोगलाई थप प्रभावकारी बनाउने अस्पतालले तयारी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार