२४ कार्तिक २०७७, सोमबार

सडक शुभारम्भ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार समाचार
1.6kViews
1478 Shares

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्विनीको उत्तरी प्रवेशमार्ग पर्साचौराहा–लोहखडिया खण्डको सडकको आजदेखि शुभारम्भ भएको छ । लुम्बिनी गुरु योजना अन्तर्गतको पर्साचोक देखि लोहखडिया चोक सम्मको १६ सय मिटर सडकको आज लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गीरीले उद्घाटन गर्नुभयो । सोही अवसरमा मन्त्री गीरीले पर्साचोक र लोहखडिया चोकमा निर्माण हुन लागेका दुई आकर्षक प्रवेशद्धारको शिलन्यास पनि गर्नुभयो ।

यो पनि पढ्नुहोस् ...  पत्रकारहरुलाई पूर्वसतर्कता अपनाउन र जनतालाई सहि सूचना प्रवाह गर्न आह्वान

कार्यक्रममा मन्त्री गीरीले लुम्बिनी विकास कोषको गुरुयोजना सम्पन्न गर्नको लागि संघीय सरकार सकारात्मक रहेकोले चाँडै सम्पन्न हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा चक्रपथ निर्माण गरी व्यवस्थित गर्न सहयोग गर्ने बताउनुभयो । नेपाल सरकारले लुम्बिनी गुरुयोजना पुरा गर्नका लागी चासो देखाएको हुनाले बजेट अभाव नहुने कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले बताउनुभयो । जनतालाई प्राथमिकतामा राखी लुम्बिनीलाई फलफूल क्षेत्रको रुपमा विकास गरिने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  जङ्गली हात्तीको आक्रमणबाट चौकीदार क्षेत्रीको मृत्यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार