२४ कार्तिक २०७७, सोमबार

चितुवाको आक्रमणबाट एक किशोरीको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार समाचार
2.4kViews
1444 Shares

बैतडी । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  चिसो बढेसँगै बेँसी झार्न थाले भेडीगोठ

आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  गुडिरहेको मिनि ट्रकमा आगालागी ।

यहाँको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिलेसम्म २७ को ज्यान गइसकेको छ ।

यो पनि पढ्नुहोस् ...  आजको मौसम

चितुवाले केही दिन शिवनाथसँग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छेको ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुनसक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार