२४ कार्तिक २०७७, सोमबार

मकवानपुरमा डेङ्गुका रोगी न्यून

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार ३ नं. प्रदेश
1.9kViews
1734 Shares

मकवानपुर । मकवानपुरमा विगतको तुलनामा चालू आर्थिक वर्षको चार महिनामा लामखुटेको टोकाईवाट हुने डेङ्गु रोगको बिरामी कम भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनदेखि कात्तिक महिना अर्थात वर्षातमा हुने यो रोगका बिरामी यस वर्ष कम रहेको बताइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार चालू आर्थिक वर्षको साउन देखि कात्तिक १५गते सम्ममा १३ जनामा सो रोग फेला परेको वताइएको छ । ज्वरो जाचँको क्रममा १३ जनामा सो रोग देखिएको हो ।

यो पनि पढ्नुहोस् ...  अर्बौ कर नतिर्ने एनसेल देशबाटै लखेट्छौ : विप्लव

गत आर्थिक वर्षमा तीन हजार भन्दा वढी व्यक्तिमा उक्त रोग फेला परेको थियो । चालू आर्थिक वर्षको हालसम्ममा साउन एक महिला र दुई पुरुष, भदौमा एक महिला र तीन पुरुष तथा असोजमा दुई महिला र चार पुरुषमा सो रोग देखा परेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकरी दिनुभो । उक्त रोग एडिस् एजिप्टाई जातको कालो पोथी लामखुट्टेको टोकाईबाट सर्ने हुन्छ । यस वर्ष कोरोना महामारीको सङक्रमणका कारण सरसफाईमा ध्यान दिएको र जथाभावी बाहिर नवस्नाले सो रोगको प्रकोप कम भएको चिकित्सकहरुको भनाइ रहेको छ । डेङ्गुबाट सुरक्षित रह्न झुलको प्रयोगमा जोड दिनुपर्छ ।

यो पनि पढ्नुहोस् ...  आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन मुख्यमन्त्री पौडेलको आग्रह

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार