निर्माणधीन स्वास्थ्यचौकीको भवन अलपत्र

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका –५ मा अवस्थित दुर्गमबस्ती मल्कवाङमा निर्माणधीन स्वास्थ्यचौकी भवन अलपत्र परेको छ । विगत तीन वर्षदेखि निर्माण शुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्यचौकीको सेवा प्रवाहसमेत प्रभावित बनिरहेको छ ।

दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरवाहीका कारण भवन अलपत्र परेको जनाइएको छ । भवन अलपत्र पर्दा मल्लकवाङवासीले पुरानो जीर्ण भवनबाट स्वास्थ्यसेवा लिनुपर्ने बाध्यता रहेको स्थानीय युवा अमर छन्त्यालले जानकारी दिनुभयो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि श्यया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालीम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो ।

भवनको एक तला ढलान बाहेकको काम कुनै पनि काम नभएको उहाँले जानकारी दिनुभयो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वोल्ड वाइड मालीका भगवती जेभिले तीन वर्ष अघि रु एक करोड ७४ लाखमा ठेक्का सम्झौता गरेको थियो । पहिलो तला ढलान गरेपछि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर आएको छैन ।

मौखिक रुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिनुभयो । ‘‘वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ’’उहाँले भन्नभयो ।

निर्माण कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले कोरोना महामारीका कारण मजदूर बाहिरबाट लैजान समस्या भएकाले निर्माणलाई अघि बढाउन समस्या भएको बताउनुभयो । उहाँले हालै मात्र गाउँमा सडक सञ्जाल पुगेकाले निर्माण सामग्री ढुवानीको तयारी गरेको जनाउँदै बाहिरबाट मजदूर लैजान सकिने अवस्था नरहेकाले स्थानीय मजदूरबाट नै योजनालाई अघि बढाउने तयारी गरेको जानकारी दिनुभयो ।

यसअघि शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत हेर्ने यस योजना हालसालै बागलुङमा कार्यालय स्थापना भएको सघन सहकारी तथा भवन निर्माण आयोजना मार्फत अघि बढ्ने भएको छ । विगतमा निर्माण शुरु भएर अल्पत्र बनेका भवनको सन्दर्भमा सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिलाई पत्र लेखेर ताकेता गर्न थालिएको कार्यालय प्रमुख विदुर खड्काले जानकारी दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार