२४ कार्तिक २०७७, सोमबार

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ४ लाख नाघ्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
1.8kViews
1208 Shares

काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

यो पनि पढ्नुहोस् ...  नेपालमा एकैपटक एउटै जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

यो पनि पढ्नुहोस् ...  बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना सङ्क्रमित भएका छन् ।बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना सङ्क्रमणबाट ३७ वर्षीय युवकको मृत्यु

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार