कोरोना महामारीकाबीच मानव तस्करी, पर्साबाट १२ युवतीको उद्धार

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार फोटो समाचार

पर्सा । एकातिर विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ । यस विषम परिस्थितिमा पनि मानव तस्करी जस्तो जगन्य अपराध भने हुन छाडेको छैन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा आइतबार १२ जना युवतीहरुको उद्धार भएको छ ।

सिराहाको लहान र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनि विभिन्न जिल्लाबाट पर्साका वैकल्पिक नाका हुँदै भारतसम्म पुर्याइएका ११ युवतीहरुको उद्धार गरिएको हो । ती युवतीहरु हाल ‘आफन्त नेपाल’को संरक्षणमा रहेका छन् ।

ती युवतीहरुलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक २ हजारको दरले रकम दिने भन्दै काठमाडौंको बालाजुुबाट विभिन्न प्रलोभनमा पारेर त्यहाँ पुर्याइएको खुलेको छ । । पथलैयाको जंगलमा पुगेपछि उनीहरुलाई समुह विभाजन गरी नेपाल भारत सीमानामा पुर्याइएको थियो ।

सीमा कटाउने क्रममा ४ जनालाई सीमानाकाबाट र अन्य ७ जनालाई भारतको उद्धार गरिएको हो । ती युवतीहरुसँगै रहेका ती युवक पक्राउ परेका छन् । यस घटनाको मानव बेचबिखन अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय पर्साद्वारा अनुसन्धान भइरहेको छ ।

कोरोना महामारीका कारण बेरोजगारीको चपेटामा परेर नागरिकले अस्तव्यस्त दैनिकी गुजारिरहेको कारण मानव तस्करहरु सक्रिय बनेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराई बताउँछन् । उद्धार गरिएकी एक युवतीले भनिन्, ‘म सुटिङ युनिटमा नृत्य गर्थें, अहिले सबै काम बन्द छ । दैनिक गुजारा चलाउन कठिन भएकोले यस्तो प्रलोभनमा परियो । झण्डै जीवन बर्बाद भएको थियो । उद्धार भएकोमा खुसी छु ।’

उपचारका नाममा तस्करी
यस्तै, सिन्धुपाल्चोक जिल्लाकी १९ वर्षीय किशोरीलाई राम्रो डाक्टरसँग उपचार गराइदिन्छु भन्ने प्रलोभनमा पारेर वैकल्पिक नाका पार गराउने क्रममा उद्धार गरिएको छ । ती किशोरीको उद्धार गरेर अहिले ‘आफन्त नेपाल’को संरक्षणमा राखिएको आफन्त नेपाल पर्साकी संयोजक मनु रानाले जानकारी दिइन् ।

यसअघि विभिन्न काम लगाइदिने प्रलोभनमा भारतको गाजियावाद पुर्याइएका १९ बालकहरूको उद्धार गरी नेपाल फर्काइएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार