२४ कार्तिक २०७७, सोमबार

इंग्लिस प्रिमियर लिगमा सिटी र लिभरपुलले १–१ गोलको बराबरी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार खेल
1.9kViews
1855 Shares

एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै महत्वपुर्ण खेलमा केभिन डि ब्रुयन पेनाल्टीमा चुक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ ।

सिटी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिभरपुलका मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दा सिटीको ब्राजिली फरवार्ड गाब्रियल जेससले बराबरी गोल फर्काएका थिए ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीविरुद्ध खेलको १३औं मिनेटमा मोहम्मद सलाहको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । साडियो मानेलाई पेनाल्टी बक्समा केएल वाल्करले फल गरेपछि रेफ्रीले सिधै लिभरपुललाई पेनाल्टी प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  लिभरपुलको इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि कठिन जित

२५औं मिनेटमा केभिन डि ब्रुयनको पासमा रहिम स्ट्रलिङले भेट्न नसकेको बललाई जेससले प्रयास गरेपनि लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाए । ३१औं मिनेटमा जेससले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

उनले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । चोटबाट पूनरागमन गरेपछि जेससको यो लगातार दोस्रो खेलमा दोस्रो गोल हो । यसअघि उनले च्याम्पियन्स लिगमा ओलम्पियाकोसविरुद्ध गोल गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  पोर्चुगलले उचाल्यो युईएफए नेसन्स लिग फुटबलको उपाधि

४२औं मिनेटमा केभिन डि ब्रुयन पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलविरुद्ध अग्रता लिन सकेन । केभिन डि ब्रुयनले क्रस गरेको बल जोसेप गोमेजको ह्यान्ड भएको भन्दै सिटीले पेनाल्टी अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । तर ब्रुयनको पेनाल्टीमा बेकरले ठम्याउन नसकेपनि बाहिरियो ।

४४औं मिनेटमा सलाहका पासमा एलेक्सान्डर अर्नोल्डको शक्तिशाली प्रहार सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाए । ५५औं मिनेटमा जेससले सुवर्ण अवसर गुमाउदा सिटी अग्रता लिनबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुगिंयो ।

यो पनि पढ्नुहोस् ...  टी २० विश्वकप छनोट : नेपाल पहिलो खेलमा नै अप्रत्यासित हार

यो बराबरीसँगै लिभरपुलले शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ । लिभरपुल ८ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिटी १२ अंकसहित १०औं स्थानमा रहेको छ । १८अंकसहित लेस्टर शीर्षस्थानमा रहँदा टोटेनहमले लिभरपुललाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा रहेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार