२४ कार्तिक २०७७, सोमबार

पार्टीबाटै सरकारलाई सहयोग भएन:प्रधानमन्त्री ओली

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार समाचार
2.2kViews
1284 Shares

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट सरकारलाई असहयोग भएको बताएका छन् । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए।

पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि बढाएका हुन् । बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो ।

यो पनि पढ्नुहोस् ...  प्रेमिकालाई हत्या गर्ने १२ बर्षपछि पक्रउ

प्रधानमन्त्रीसितको छलफलमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रम ओलीले जोड दिएको बताए । उनका अनुसार प्रधानमन्त्रीले पार्टीमा गुटगत राजनीति सुरु भएको र केही नेताले सरकारलाई असफल पार्ने षड्यन्त्र गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी

छलफलमा नेताले प्रधानमन्त्री ओलीसँग आवश्यक छलफल गरी पार्टीको विवाद समाधान गर्न पहल गर्न आग्रह गर्नुभयो । स्थायी कमिटी सदस्य पाण्डेले पार्टीमा देखिएको पछिल्लो विवाद कसरी समाधान गर्ने त्यसका बारेमा अध्यक्ष ओलीसँग छलफल भएको बताए ।

‘‘तपाई‌ं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ, तपाईंले पहल गरेर ठोस रूपमा पार्टीभित्र देखिएका विवाद समाधान गर्न हामीले आग्रह गरेका छाैं’’, उनले भने, ‘‘पार्टी कमिटी बैठक बोलाएर ठोस रूपमा समाधानको प्रस्ताव ल्याएर विवाद समाधान गरी अगाडि बढ्नुस् भनेका छौंँ ।’’ जबाफमा प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर बैठक बोलाउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस् ...  ‘प्याङ्ग्री’ फैलिदा रैथाने वनस्पति सङ्कटमा

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार