२३ कार्तिक २०७७, आईतवार

मानहुँकोटमा जग्गा किनबेच रोक्का

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २३ कार्तिक २०७७, आईतवार समाचार
2.1kViews
1356 Shares

तनहुँ । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ । व्यास नगरपालिकाको आज मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि नै लागू हुने गरी जग्गा किनबेच रोक्का गरेको हो ।

पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा किनबेच रोक्का गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । मानहुँकोटको मौलिकता संरक्षण गर्न तत्काल गुरुयोजना, खानेपानी विस्तृत परियोजना निर्माण गर्ने र सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गर्ने निर्णय बैठकले गरेको छ । “गुरुयोजना निर्माण हुने अवधि कात्तिक २४ गतेदेखि लागू हुने गरी पुस मसान्तसम्म मानहुँकोटको जग्गा रजिष्ट्रेशन सम्बन्धी कार्यको सिफारिस बन्द गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस् ...  पीसीआर शुल्कमा मनपरी आखिर कस्ले रोक्ने?

मानहुँकोट क्षेत्रका सार्वजनिक जग्गाहरु एकिन गरी अभिलेख राखी सोको संरक्षण गरिने र सार्वजनिक शौचालय निर्माण लगायतका अत्यावश्यक भौतिक संरचना निर्माणका लागि तत्काल रु २५ लाख बजेट विनियोजन भएको छ । साथै अत्यावश्यक संरचना निर्माणका लागि विभिन्न सङघसंस्थासँग साझेदारीका लागि प्रस्ताव आह्वान गरिनेछ । यही कात्तिक २५ गतेदेखि मानहुँकोट जाने पर्यटकलाई अनिवार्य रुपमा नाम दर्ता गरी स्वास्थ्य, सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गराइने भएको छ । मानहुँ क्षेत्रको दृश्यावलोकनका लागि सामान्यतया दैनिक रुपमा तीन सय पर्यटकलाई मात्र प्रवेश अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

यो पनि पढ्नुहोस् ...  नेपालमा उत्तर कोरियाली लगानीमा प्रतिबन्ध, व्यवसाय बन्द गर्न एक महिने अल्टिमेटम

बैठकले रोटरी क्लवबाट प्राप्त पिसीआर उपकरणको सञ्चालनका लागि दातृ निकायसँग समन्वय गरी आवश्यक व्यवस्थ मिलाउने, वडागत सीमा हेरफेर अध्ययन समितिलाई आगामी बैठकमा प्रतिवेदन पेश गर्न निर्देशन दिने, किसानहरुको माग बमोजिम आलुको बीउ व्यवस्थापन गर्न सम्बन्धित शाखा र वडालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

यो पनि पढ्नुहोस् ...  मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न सहुलियत ऋण अनुमोदन

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार