२३ कार्तिक २०७७, आईतवार

‘स्वर्गीय लामा कम्युनिष्ट आन्दोलनको बिर्सनै नसकिने नाम हो’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २३ कार्तिक २०७७, आईतवार ३ नं. प्रदेश
2.3kViews
1280 Shares

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वर्गीय वीरबहादुर लामा नेपाली कम्युनिष्ट आन्दोलनको बिर्सनै नसकिने नाम भएको बताउनुभएको छ । पुराना वाम नेता लामाको निधनपछि आज एक शोक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले लामासँग एकै कमिटीमा रहेर गरेका सहकार्य कहिलै भुल्न नसकिने उल्लेख गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रदेश सरकारअन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको छ : मन्त्री फुँयाल

“नेपालको कम्युनिष्ट आन्दोलनका एकजना क्रान्तिकारी तथा सशक्त योद्धा, मकवानपुरबाट निर्वाचित पूर्वसांसद, तत्कालीन जिल्ला विकास समितिका सभापति, नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का जेल ब्रेकर तथा तत्कालील नेकपा एमालेका केन्द्रीय सदस्यसमेत भैसक्नुभएका लामाको निधनको खबरले मर्माहत भएको छु, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् ...  काभ्रे : स्थानीय तह धमाधम सिल गरिँदै, कोरोना समुदायमा फैलिने त्रास

पौडेलले सन्देशमा भन्नुभएको छ, “नेपाली कम्युनिष्ट आन्दोलनमा बिर्सनै नसकिने नाम हो वीरबहादुर लामा, विगतमा तपाईंसँग लामो समय एउटै कमिटीमा रहेर गरेको सहकार्यको क्षण कहिल्यै भूल्न सकिँदैन, सदैव सम्झिरहने छौं ।”

यो पनि पढ्नुहोस् ...  वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार