२३ कार्तिक २०७७, आईतवार

चितुवा गणनाका लागि क्यामरा जडान शुरु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २३ कार्तिक २०७७, आईतवार समाचार
1.9kViews
1694 Shares

तनहुँ । तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु भएको हो ।

भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु–४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई÷दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिनुभयो । बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ ।

यो पनि पढ्नुहोस् ...  भरतपुर अस्पतालमा डायलासिस सेवा थालियो

चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो । “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ,” बरालले भन्नुभयो, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।”

पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  चीनमा नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिने,आइतबार ल्याउने निश्चित

बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ,” बरालले भन्नुभयो ।

क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पु¥याएका छन् । बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुनेछ ।

यो पनि पढ्नुहोस् ...  कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन हुँदैन : प्रचण्ड

उहाँका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्कलन गरी त्यसको डिएनएन परीक्षण गर्ने पनि तयारी गरिएको छ ।

क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताउनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार