२३ कार्तिक २०७७, आईतवार

‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २३ कार्तिक २०७७, आईतवार समाचार
2.4kViews
1697 Shares

काठमाडौँ । दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राजमार्ग तथा शहरी क्षेत्र केन्द्रित गरी सो कार्यक्रम शुरु गरिएको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि कार्यक्रम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  मेलम्चिमा गोली चल्दा दुई घाइते

गण्डकी प्रदेश भरी नै यो कार्यक्रम आजबाट एकैसाथ शुरु गरिएको प्रमुख थापाले बताउनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम शुरु गरिएको र पहिलो चरणमा एक महिनासम्म कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  काठमाडौँको कुलेश्वरबाट नगदसहित ७ जुवाडे पक्राउ

“पहिला प्रहरी र चालकबीचको सम्बन्ध सुधार गर्ने, त्यसका लागि सम्मानपूर्वक नमस्कारबाट शुरु गरी नियमका बारेमा जानकारी प्रदान गरिनेछ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख थापाले भन्नुभयो, “अन्त्यमा पनि नमस्कार गरी बिदा गरिनेछ ।”

यो पनि पढ्नुहोस् ...  “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन, मल छ तर भोलि आउनु भन्छन"

एक मिनेटमा सवारीसाधन चलाउँदा अनिवार्य रुपमा सिटबेल्ट लगाउन, मोटरसाइकल, स्कुटर चलाउँदा अनिवार्य हेल्मेट प्रयोग गर्न, हेल्मेटको फित्ता लगाउन भनिने प्रमुख थापाले जानकारी दिनुभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार