२३ कार्तिक २०७७, आईतवार

युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवर्द्धन गर्न आग्रह

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २३ कार्तिक २०७७, आईतवार समाचार
1.8kViews
1436 Shares

काठमाडौँ । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार तथा आर्थिक कूटनीतिको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । यहाँ आयोजित छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायत वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  ढुक्क हुनुस, नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि हामी छौ : चीन

अध्यक्ष मोरले वैदेशिक लगानी भित्र्याउनका लागि प्रक्रियागत झण्झट र कानूनी अवरोधलाई सहज बनाउनका लागि परिसंघले पहल गरिरहेको जानकारी दिँदै सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली ऊनी गलैँचा र हस्तकलाका वस्तुको निर्यात व्यपारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  जबरजस्त कक्षा सञ्चालन नगर्न आग्रह

बेल्जियम र युरोपेली सङ्घमा आबद्ध राष्ट्रमा नेपालका धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्यस्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीका माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पहल गर्न समेत अध्यक्ष मोरले सुझाव दिनुभयो ।

छलफलका क्रममा राजदूत राजभण्डारीले लगानी विस्तार र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रको सधैँ सहकार्य हुनुपर्ने बताउँदै वैदेशिक लगानी विस्तारमा आपूmले पहल गर्ने आश्वासन दिनुभयो । त्यसैगरी सम्भाव्यता बोकेका नेपाली उत्पादनको निर्यात प्रवद्र्धनलगायत नेपाल वायुसेवा निगमको उडानलाई सहज बनाउनका लागि पनि आफुले सकेको पहल गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  बाग्मती नदी सफाइ निरन्तर चले पनि फोहोर फाल्ने क्रम पनि बढ्न थाले

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार