२३ कार्तिक २०७७, आईतवार

डेढ दशकपछि भेटघाटफाँटामा बिजुली बल्यो

2.5kViews
1176 Shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुकीको सहारामा बस्तै आएका आएका थिए । “नजिकैको बस्तीमा विद्युत्को व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भने, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको बस्तीमा विद्युत् सेवा थिएन ।

यो पनि पढ्नुहोस् ...  गोकुलेश्वर कलेजमा राजनीतिक संगठन र स्ववियु खारेज, स्ववियु सभापतिको आपत्ती

नजिकैको बस्तीको उज्यालो हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प थिएन । विद्युत् सेवा विस्तार भएपछि टुकीको सहारामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” निकै वर्षपछिको पहलपछि गाउँमा बिजुली बाल्न सकिएको उनले बताए । “नजिकै बत्ती बलेको देखिन्थ्यो हाम्रो बस्तीमा विद्युत् नहुँदा बत्तीमुनिको अँध्यारो थियो”, करन चन्दले भने, “बस्तीमा बिजुली पुगेपछि हर्षको कुनै सीमा नै छैन । बस्तीका सबै जना खुशी छन् ।”

यो पनि पढ्नुहोस् ...  मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

धेरै वर्षको पहलपछि जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवाहरुको पहलमा विद्युत् सेवा विस्तार भएको उहाँको भनाइ छ । केही परिवारले सौर्य प्यानलको व्यवस्था गरी उज्यालोको व्यवस्था मिलाएका भए पनि आर्थिक अवस्था कमजोर भएका धेरै परिवारले उज्यालोको व्यवस्था गर्न नसक्दा टुकी बाल्दै आएका थिए ।

यो पनि पढ्नुहोस् ...  हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुग्यो, सयौँ जना घाइते

“टुकीको धुवाँका कारण बस्तीमा श्वासप्रश्वाससम्बन्धी समस्या अधिक रहेको छ”, कुम्भजङ्ग शाहीले भने, “विद्यालय पढ्ने बालबालिकालाई रातिका बेला गृहकार्य गर्न र पढ्न झनै समस्या थियो । विद्युत्को व्यवस्थाले अब टुकीको सहारामा बस्नुपर्ने अवस्था रहेन ।” बस्तीका बासिन्दालाई विद्युत् सेवा विस्तार भएपछि सिँचाइ गरी व्यावसायिक खेती गर्न र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन गर्नका लागि समेत सहज भएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार