नेकपा विवादकाबीच प्रधानमन्त्रीको अन्तर्वार्ता : धुम्बाराहीको बैठक अनुचित !

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार BOX NEWS

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ एक्कासी टेलिभिजन अन्तर्वातामा देखा परे । प्रधानमन्त्री ओलीले बोलेको भनाईहरुले यतिबेला सामाजिक सञ्जालका भित्ताहरु भरिन थालेका छन् ।

प्रधानमन्त्री ओलीले देखाएको एकलौटी शैलीका कारण पार्टी र सरकार धरापमा गएको महसुस गर्दै बहुमत सचिवालय सदस्यहरुले अनौपचारिक भेलासम्म हुँदा प्रधानमन्त्री ओली मौनजस्तै देखिएका थिए । १९ कार्तिकमा त्रिवि शिक्षण अस्पताल परिसरमा निर्मित एक भवनको उद्घाटन गर्दै ओलीले आफूले राजीनामा गरेर देशलाई वर्वादीतर्फ जान नदिने उल्लेख गरेका थिए ।

जनचासोमा रहेका धेरै प्रश्नहरुकोे लामो अन्तर्वार्तामा उनले पार्टीभित्र भएका गुटगत भेलादेखि नेतृत्व हस्तान्तरणसम्मका विषय उजागार गरे । अझ, लामो समयदेखि अनुत्तरित भएर नेतृत्वको तमासा हेरिरहेका नेकपाका नेता कार्यकर्तालाई अर्को एक बहसको बाटो खोलिदिएका छन् ।

त्यसोत, प्रधानमन्त्री ओलीले अन्तर्वार्ताले केही प्रश्नहरुको जवाफ दिएका छन् त केहीको जवाफ मागेको छ । नेकपा शीर्ष नेतृत्वभित्र चलिरहेको यो अन्तर्वार्ताले ल्याउने तरङ्ग त भोलिका दिनदेखिनै देखिन सुरु हुनेछन् । यहाँ हामीले प्रधानमन्त्री ओलीले अन्तवार्ताका क्रममा गरेका विविध विषयहरु समेटेका छौं ।

प्रचण्ड नेपाल लक्षित प्रश्न
साथै, अर्को मापदण्डका पनि तय गर्न सुझाएका छन् । प्रचण्ड नेपाल पक्षलाई लक्षित गर्दै उनले भनेका छन्, ‘जो प्रम भइसक्यो । जो महत्वपूर्ण ओहोदामा बसिसक्यो । जो तीन दशकदेखि पावरमा छ । उसैले फर्की फर्की लडाइँ किन गरिरहेको छ ?’

युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव

साथै, उनले नेकपाभित्र भएका गुटगत बैठकहरु नबस्न आग्रह गरेका छन् । पार्टीभित्रको गुटबन्दीले पार्टीलाई सखाप बनाउने बाटोमा लाने बताउँदै उनले भने, ‘कसैले बाटोमा हिँड्दाहिँड्दै बैठक बसौं भनेर बसिन्छ ?’

‘देश र जनताको पक्षमा काम गर्ने मान्छे हुँ’
संयुक्त पार्टीको झैँ सरकार सञ्चालन गरिरहेको छु’, ओलीले भने, ‘किनभने बहु शक्तिकेन्द्रहरु छन् । सरकार सञ्चालन त एक ठाउँबाट हुनु पर्छ नि ! तर बहु शक्तिकेन्द्र भएर अनि हरेकलाई आफ्ना आफ्ना मान्छे त्यहाँ चाहियो । आफ्ना मान्छे भनेका के ? पार्टीका कार्यकर्ता कि आफ्ना मान्छे ? म आफ्न मान्छेको पक्षमा मरिमेट्ने मान्छे होइन । देश र जनताको पक्षमा काम गर्ने मान्छे हुँ ।

उनले सबैलाई आफ्ना मान्छे चाहिएपछि निष्पक्षता, क्षमता, योजना काम आफ्नो भएको भन्दै उनले राम्रा मान्छेहरुलाई सरकारमा समेट्नै पर्ने बताए ।

उनले पछाडि परेका समूदाय, जाति, भाषा, समूदायका अगाडि बढाउने भन्दै योग्यता क्षमताका र सक्रियतका आधारमा अघि बढ्ने बताए ।

‘चित्त बुझाउन आफ्ना मान्छे समेट्न बाध्य’
उनले अहिले पनि आफूले सबै चित्त बुझाउनका लागि कतिपय आफ्ना मान्छेहरुलाई सेमेट्न बाध्य भएको पनि बताए ।

पार्टीले नीतिगत रुपमा मात्रै सरकार सुझाव दिन सक्ने भन्दै उनले सरकारको काम कारबाहीमा अनावश्यक हस्तक्षेप गर्न नमिल्ने बताए । सरकारले पार्टी र कुनै नेताको स्वास्र्थ अनुरुप काम नगर्ने भन्दै ओलीले सबै काम देशको हितका लागि मात्रै हुने तर्क गरे ।

‘म अल्पमतमा छैन’
साथै, उनले आफू अल्पमतमा नरहेको समेत दाबी गरेका छन् । उनले कसैले त्यो खालको भ्रम पालेको भए त्याग्न आग्रह गरे ।

शुक्रबार धुम्बाराहीमा बसेको पाँच जना सचिवालय सदस्यको बैठक अनुचित भएको उनले बताए । गुटगत बैठकको अर्थ नरहेको बताउँदै उनले भने, ‘एउटा गुटगत बैठकको निर्णय बोकेर पार्टी कमिटीको बैठकमा आउनु विल्कुलै उचित होइन ।’

सरकार परिवर्तन हुनेवाला छैन : प्रधानमन्त्री ओली

उनले ७० पुगेका र आसपास रहेका सवैले नेतृत्वको लोभ त्यागेर पार्टीको अर्को पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘अब नयाँ पुस्तालाई नेतृत्व दिउँ । जो ७० को आसपास छौं । केही पुगेका छौं, केही महाधिवेशनमा पुग्छौं र क्रस गर्छौं ।’

‘गुप्तचर संस्था ‘रअ’सँगको भेटमा केही मान्छे राखेको छु’
अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेटमा आफूले केही मान्छे राखेको ओलीले दावी गरेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले गोयलसँगको भेटमा कसलाई राखेको खुलाएका छैनन् ।

‘मैले कुन प्रतिनिधि राख्ने कुन नराख्ने विचार गरेर प्रतिनिधि राखेको छु । सबैले नोट गरेको छ । परराष्ट्रमा समेत त्यसको रेकर्ड छ । गोप्य भेटवार्ता भएको होइन मानिसहरुको बीचमा भएको छ । को थियो थिएन, अहिले मैले भन्न जरुरी पनि छैन् । मेरो साथमा को–को बसेको थियो त्यो पनि भन्न जरुरी छैन्’ ओलीले भनेका छन् ।

दुई देशका बीचको सम्बन्ध बढाउन आवश्यक रहेकाले गोयलसँग भेट गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अनाधिकृत मान्छेसँग भेट गरेको त होइन नि,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उताबाट तोकेर पठाएकै मान्छेसँग भेट गरेको हो ।’

सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा पनि अल्पमतमा रहेको अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले बताउँदै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार