काठमाडौँ । शास्त्रका अनुसार जब कृष्ण बासुरी बजाउँछन्, तब अलौकित आकर्षक हुने गर्दछ। कृष्ण र मुरली एक अर्कासँग निकै घनिष्ट सम्बन्ध छ। मुरली बिना भगवान् श्रीकृष्णले कल्पना समेत गर्न सकदैनन्।
उनको मुरलीसँगै ब्रह्माले सम्पूर्ण सृष्टीको अलौकित र सम्मोहित गरेका छन्। कृष्णको हातमा मुरलीको मतलब जीवनमा कुनै पनि समय हामी डराउनु पर्दैन्। भित्रबाट शान्ति भए संगीत जीवनमा उत्रिन्छ।
कृष्णको बासुरी प्रेम, कलात्मकता वा रचनात्मकताको प्रतिक हो। त्यसैले कृष्णको मुरलीले यो कुराको इशारा गर्छकी बच्चाको कलात्कमता र रचनात्मकतामा बढी ध्यान दिनु पर्दछ। आज हामी कृष्णलाई मन पर्ने बासुरी बाहेक अन्य चार कुराका बारेमा जानकारी दिदै छौँः
मयूरको प्वाख
मयूरको प्वाख देख्ने वित्तिकै भगवान कृष्णको याद आउने गर्दछ। मयूरको प्वाख कृष्णको प्रतिक समान हो। यदी तपाई घरमा भगवान् कृष्णसँग जोडिएको केही तयारी गर्दै हुनुहुन्छ भने मयूरको प्वाख राख्न नबिर्सिनुहोस्।
भगवान कृष्णलाई धर्म पिताले उनलाई उपहारका रुपमा मयूरको प्वाख दिएका दिए। त्यसैले उनले सधै आफ्नो मुरलीमा उक्त प्वाख सजाएर राख्ने गर्दथे।
मक्खन
भगवान कृष्णलाई मक्खन चोरका नामले पनि चिनिने गरिन्छ। किनकी उनलाई मक्खन यति मन पर्दथ्यो, उनले खानका लागि चोरी समेत गर्न पछि हट्दैन थिए। त्यसैले जब कृष्णको पुजा आउछ तब मक्खन चढाउने गरिन्छ।
पहेलो बस्त्र
भगवान कृष्णलाई पहेलो बस्त्रको धारण गराउने गरिन्छ। यदी तपाईले उनका कुनै तस्वीर देख्नु भयो भने त्यसमा पनि पहेलो बस्त्र देख्न सकिन्छ।
गाई
भगवन कृष्णलाई गाई निकै प्रिय थिए। उनले सबै गाईलाई माया गर्थे, चराउन लैजान्थे र उनको सेवा गर्ने थर्दथे। भगवान कृष्णका बारेमा कयौँ कहानी गाईसँग जोडिएका छन्।