काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा-२ तिलखोरियाका युवाहरूले सामाजिक कार्य गर्ने उद्देश्यले तिलखोरिया युवा समाज नामक संस्था गठन गरेका छन् ।
गाउँको विकास र विकासको नाम भएको भ्रष्टचार देखि सामाजिक एवं सांस्कृतिक विकृति विसंगति माथि प्रत्येक्ष निगरानी राख्ने उदेश्यले उक्त गाउँका युवाहरूले लालध्वज तामाङ(समीर) को नेतृत्वमा ११ सदस्यीय कार्यसमितिसहितको संस्था गठन गरेको हो ।
तामाङको नेतृत्वमा गठन भएको उक्त समाजमा उपाध्यक्ष बारालाल तामाङ, सचिव रुपक तामाङ,सह-सचिव टीका दोङ तामाङ, कोषाध्यक्ष मिरा तामाङ सदस्यहरु श्याम बहादुर तामाङ,हिमाल तामाङ,फूर्पा तामाङ , अनुजा तामाङ,पासाङ तामाङ, शुसिला तामाङ रहेका छन् ।
“समाजले स्थानीयस्तरमा सामाजिक भूमिका खेल्ने छन, गाउँमा भएको विकास संग साझेदारी गर्दै विकृति र विसंगति विरुद्ध कडा निगरानी राख्दै गाउँको सुखदुःखमा संगसंगै अगाडि बढ्ने छौँ” अध्यक्ष तामाङले बताए ।
समाजको गठन काठमाडौंमा गरेर काठमाडौंमै सञ्चालन भएपनि समाजले गर्ने क्रियाकलाप भने गाउँकेन्द्रीत हुनेछन् विशेषगरी गाउँमा आइपर्ने विभिन्न विपत्तिहरुमा समाजले विशेष सहयोग गर्न विपत्त कोष समेत निर्माण गर्ने उपाध्यक्ष बारालाल तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराएका छन् ।
काठमाडौंको एक रेष्टुरेन्टमा भएको उक्त कार्यक्रमको सञ्चालन रुपक तामाङले गरेका थिए ।