२२ कार्तिक २०७७, शनिबार

वर्षको एक बाली मात्र उत्पादन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार समाचार
2.7kViews
1059 Shares

रुकुमपूर्व । रुकुमपूर्वका विभिन्न क्षेत्रमा यतिबेला गहुँ र जौँ छर्ने काम चलिरहेको छ । कोरोना महामारी र कामको चटारोको बीचबाट दशैँलाई बिदाइ गरेका उनीहरुलाई अहिले पनि बारीमा गहुँ, मकै रोप्ने र डल्ला फोर्ने चटारो छ । प्रायःजसो ठाउँमा वर्षभरमा दुई बाली या तीन बालीसम्म स्याहार्ने गरिन्छ तर जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको केही क्षेत्रमा एक वर्षमा एक बाली मात्र भित्र्याउने गरिन्छ । पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नं १ र २ का नागरिकले अन्य ठाउँको जस्तो गहुँपछि मकै र मकै भित्र्याएपछि गहुँ लगाउँदैनन् ।

वडा नं १ र २ को मैकोट, पेल्मालगायत ठाउँमा वर्षभरिमा एक बाली मात्रै उत्पादन हुन्छ । गहुँ छर्ने ठाउँमा भने मकै नरोपेर जग्गा बाझै राख्नुपर्ने मैकोटका कर्मशाही घर्तीमगरले बताउनुभयो । असोज–कात्तिकमा लगाएको गहुँ असार–साउनमा पाक्ने भएकाले त्यसपछि मकै लगाउने जग्गा चैतसम्म बाझै राख्नुपर्ने उहाँको भनाइ छ । त्यस क्षेत्रमा असार वा साउनमा लगाएको मकै फल्दैन । राम्रो मकै उत्पादन गर्ने हो भने चैतमा नै मकै लगाउनुपर्ने वडा नं १ का बरुण पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  कुखुरा व्यवसायी मारमा , दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्दै

हिमाली क्षेत्र भएकाले बाली समयमै नपाक्ने स्थानीयवासीले बताएका छन् । फागुन–चैतमा आलु लगाउने त्यस क्षेत्रका जग्गा पनि अर्को चैतसम्म बाझै हुन्छन् । फागुन–चैत्रमा लगाएका आलु भदौ–असोजमा निकालिन्छ । त्यसपछि जग्गा चैतसम्म बाझै रहन्छ । केही समयमा हिउँ जमिरहने र जलवायु परिवर्तनका कारण वर्षमा एक बाली मात्र भित्र्याउने गरेको कर्मशाहीले बताउनुभयो ।

धेरै जग्गा जमिन हुनेहरुको भने वर्षको एक बालीले मात्र भए पनि खान पुग्छ तर थोरै जग्गा जमिन हुनेहरुका लागि समस्या छ । त्यस्ता व्यक्तिहरुले जडीबुटी सङ्कलन गरेर घरखर्च चलाउने गरेका छन् भने कतिपय भारतमा गई कमाइ गरी घर खर्च चलाउने गरेका छन् । यस्तै पछिल्लो समयमा त्यहाँका कतिपय नागरिकले एक बाली अन्न पनि उत्पादन गर्न छोड्दै गएका छन् । दुःख धेरै हुने र आम्दानी न्यून हुने भएकाले मानिसहरुले दुःख गर्न छाडेको वडा नं २ पेल्माका जगधन घर्तीले बताउनुभयो । मानिसले खेतीपाती गर्न छाड्दै गएपछि भएका जग्गा पनि बाझिँदै गएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

भूमेमा ४३ क्विन्टल लसुनको बीउ रोपियो

रुकुमपूर्वको भूमे गाउँपालिकामा यस वर्ष ४३ क्विन्टलभन्दा बढी लसुनको बीउ रोपिएको छ । गाउँपालिकाको लसुन पकेट क्षेत्र ९ नं वडाको चुनवाङसहित गाउँपालिकाभर नै ४३ क्विन्टल ५० किलो लसुनको बीउ रोपिएको हो । गाउँपालिका र वडाले अनुदानमा वितरण गरेको लसुनको बीउ यतिबेला कृषकले रोपिसकेका छन् । यस वर्ष मात्रै गाउँपालिकाले १३ क्विन्टल ५० किलो र वडाहरुले ३० क्विन्टल लसुनको बीउ कृषकलाई अनुदानमा वितरण गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले समस्या ज्यूँका त्यूँ

गाउँपालिकाभित्रका नौवटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा लसुनको बीउ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले बताउनुभयो । यसबाहेक पनि कतिपय वडाले आफ्ना वडाका कृषकलाई आफैँ अनुदानमा लसुनको बीउ वितरण गरेका छन् । जिल्लामै पाइने लोक्कल लसुनभन्दा चाइनिज लसुन छिटो फल्ने भएकाले कृषकलाई चाइनिज जातको लसुनको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार