२२ कार्तिक २०७७, शनिबार

हिमाली जिल्लामा चिसो बढ्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार समाचार
2.7kViews
1701 Shares

जुम्ला । जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ ।

चिसो बढेपछि मानिस बाक्लो कपडा लगाउने, न्यानो बनाएर बस्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । बाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक बाक्लो कपडाहरु खरिद गर्नेहरु पनि बढेका छन् । विशेषगरी यहाँका बलबालिका र ज्येष्ठनागरिकमा रुघाखोकी बढ्न थालेको छ ।

यो पनि पढ्नुहोस् ...  विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका अस्पतालका निर्देशक डा. मङ्गल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी छुट्टाउन सर्वसाधारणलाई अन्योल भएको छ । मौसम परिर्वतनको समय र कोरोना महामारीसमेत भएकाले यहाँका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको उहाँले बताउनुभयो । न्यानो कपडा लगाउन, तातोपानी खान, भीडभाड नगर्ने तथा व्यक्तिले आफैँ जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन दिइएको डा रावलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर मृत्यु

एक सातादेखि नै बादल लागि रहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलार प्यानलमा तुषारो जम्ने भएपछि टेलिफोन तथा इन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले बताउनुभयो । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भीडसमेत बढेको छ ।

यो पनि पढ्नुहोस् ...  स्थानीय तहका अधिकाश कर्मचारी कामै नगरी तलबभत्ता लिदै

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार