धान भित्र्याउन गुल्मीका किसानलाई चटारो

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार फोटो समाचार

मनोज कार्की, गुल्मी । गुल्मीका किसानलाई यतिबेला धान स्याहार्न चटारो छ । असार महिनामा खेतमा रोपेको धान पाकेर बेसीका फाँटमा पहेँलपुर भएको छ । किसान धान स्याहार गर्नको लागी बिहान देखी बेलुकासम्म खेतमै ब्यस्त हुन्छन् । खेतमा फलेको धान काट्न, झार्ने, पराल माड्न र धानलाई व्यवस्थित गर्नमा किसानलाई भ्याइ नभ्याई छ ।

यस बर्ष प्रसस्त पानी परेका कारण गत बर्ष भन्दा धान फलाईमा वृद्धि भएको गुल्मीको धुर्कोट गाउँपालिकाका बेल्टारीका कृषक रामु खड्काले जानाकारी दिए । खड्काले भने गत बर्ष भन्दा यस बर्ष धान फलेको छ । गाउँमा खेताला पाएकाले बाली भित्राउन सजिलो भएको छ । बिगतका बर्षमा जस्तो रासायनिक मल अभाबमा आफुहरु भौँतारीन परेतापनीे धान फलाईम वृद्धि भएको इस्मा गाउँपालिका ६ अंमरपुरका अर्को कृषक थम्मन बस्नेतले बताए । कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशबाट रोजगार गुमाएर स्वदेश फर्किएका युवाहरु समेत अहिले गाउँमै भएकाले खेतीवाली लगाउन र भित्र्याउन निकै सहज भएको कृषक बस्नेतले बताए ।

त्यस्तै सोही स्थानका अर्का किसान गोरे विकले चौरासी फाँट मै खेतमा अधियाँमा गर्दै आएका छन् । ‘आफुले १२ वर्षसम्म खेत अधियाँमा गरियो गत वर्ष गरिएन अहिले फेरि खेत अधियाँमा गरेको छु ।’ विकले भने ‘पहिले भन्दा अहिले धान पनि अलि राम्रो फलेको छ । कोरोनाका कारण बजारबाट मानिस गाउँफर्किए पछि धान रोप्न र स्याहार्न सजिलो भएको बताए ।

गुल्मीका किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँट, अश्लेवाफाँट, अरुङ्गा फाँट, साहाघाट, चेमी वहादी, लिम्घा फाँट, अर्वेनी फाँट, हर्मिचौर, पूर्तिघाट, चापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, शान्तीपुर लगाएतका फाँटमा कृषकहरु धान स्यार्नमा व्यस्त रहेको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत सनबहादुर रानाले जानाकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार