२२ कार्तिक २०७७, शनिबार

कैलाश गाउँपालिकाद्धारा ३१ वटा कानून निर्माण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार ३ नं. प्रदेश
2.5kViews
1616 Shares

मकवानपुर । मकवानपुरको उत्तरी दुर्गम क्षेत्र कैलाश गाउँपालिकाले उक्त पालिकाको सञ्चालन तथा व्यस्थापनका लागि ३१ वटा कानून बनाएको छ । तीन वर्षमा निर्माण गरिएको ३१ वटा कानून कार्यावन्यनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानका अनुसार प्रशासकीय कार्यविधि ऐन २०७५, कार्यसम्पादन नियमावली २०७४, कार्यविधि नियमावली २०७४, राजपत्र प्रकाशन नियमावली २०७५ बनाएको छ । त्यस्तै कर तथा गैह्रकर राजश्व लगाउने र उठाउने सम्बन्धमा बनेको ऐन, विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन गर्न बनेको ऐन निर्माण गरेर कार्यान्वयमा ल्याइएको छ ।

यो पनि पढ्नुहोस् ...  नेकपा काभ्रे जिल्ला कमिटिले लियो सपथ

स्वास्थ्य सेवा, न्यायिक समिति कार्यविधि पूर्वाधार विकाससम्बन्धी, कैलाश गाउँपालिका सेवा, पूर्वाधार व्यवस्थापन, सहकारी, कृषि यान्त्रिकरण कार्यविधि, उपभोक्ता समिति सञ्चालन निर्देशिका, गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, ज्येष्ठ नागरिक कार्यविधि, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा व्यवस्थापन कार्यविधि ऐन कार्यावन्वयनमा ल्याइएको अध्यक्ष मोक्तनले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  तेमालमा सडक अनुगमनसँगै वडा कार्यालय शिलान्यास

उहाँले विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानूनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको उल्लेख गर्नभयो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार