२२ कार्तिक २०७७, शनिबार

इटहरीबाट पटकासहित चार जना पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार समाचार
3.0kViews
1383 Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  आजदेखी विमानस्थल दैनिक ७ घण्टा बन्द हुने

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  कोभिड–१९ : सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

करणी आरोपमा पक्राउ

सुनसरी देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ । मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गर्नुभयो ।

यो पनि पढ्नुहोस् ...  मिर्गौला पीडित आशिष मगरद्धारा सहयोग याचना

मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार