२२ कार्तिक २०७७, शनिबार

म्याग्दीका तीन स्थानीय तह बन्द, मंगलामा लकडाउन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
2.9kViews
1295 Shares

साधन राम्जाली ,म्याग्दी । समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि म्याग्दीका तीन स्थानीय तह बन्द भएका छन् । लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि जिल्लाको बेनी नगरपालिका ,मंगला र मालिका गाउँपालिकाको कार्यालयसहित बैंक, वित्तीय र सहकारी संस्थाहरू बन्द भएका हुन् ।

जनप्रतिनिधि, व्यवसायी तथा कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बेनी र जिल्लाको दोस्रो व्यापारिक केन्द्र दरबाङ बजार बन्द भएका छन् । बेनी नगरपालिका र बजार १४ कार्तिकदेखी नै बन्द छन् भने मालिका र दरबाङ बजार बुधबारदेखि बन्द भएका हुन् ।

यो पनि पढ्नुहोस् ...  पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको निधन

कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगला गाउँपालिकाले असोज अन्तिम सातादेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरेको थियो । बन्दलाई निरन्तरता दिँदै गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा लकडाउन गरेको छ । बैंक तथा वित्तिय क्षेत्र ,प्रशासनिक कामकारबाहीले आवतजावतमा अत्याधिक बृद्धि हुँदा कोरोना संक्रमणकोे जोखिम बढ्न सक्ने भएकाले आगमी मंसिर १ गतेसम्म लकडाउनको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

मालिका गाउँपालिकाले बिहीबारदेखि एक हप्ताका लागि सेवा प्रवाह बन्द गर्ने जनाएको छ । गाउँपालिका कार्यालयबाट अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्रदान

यसैगरी म्याग्दीको सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ । कोरोना भाइरस फैलिन नदिन २५ कात्तिकसम्म बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका, वडा कार्यालय र पालिकाका शाखा कार्यालयबाट अतिआवश्यकबाहेकका सेवा बन्द भएका छन् । यसैगरी जिल्लाको रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाले पर्यटकीय भ्रमणमा रोक लगाएका छन् । दुई गाउँपालिकाले विज्ञप्ती मार्फत सो जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना महामारी नियन्त्रणमा ६ करोड खर्च

पालिकाको बजार क्षेत्रमा पर्ने वारीबेनी, लामाखेत, मिलनचोक, मोहनचोक, लस्ती बजार र बगरफाँट क्षेत्रका पसल, व्यवसायसमेत बन्द गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लद्वारा जारी सूचनामा उल्लेख छ । हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ ।

म्याग्दी सदरमुकाम बेनी बजार । तस्बिर : साधन राम्जाली ÷उज्यालो नेटवर्क

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार