२२ कार्तिक २०७७, शनिबार

रुपन्देहीमा हालसम्म ५ हजार २ सय ८९ जना कोरोना संक्रमणमुक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २२ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष
2.3kViews
1542 Shares

रबिन्द्र प्रताप गुप्ता,भैरहवा । रुपन्देहीमा हालसम्म कोरोनाभाइरसबाट संक्रमणमुक्त हुनेहरुको संख्या ५ हजार नाघेको छ । शुक्रबार सांझ ४ः३० बजेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार २ सय ८९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको मृत्‍यु

त्यस्तै रुपन्देहीमा शुक्रबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा २१ महिला र ३९ जना पुरुष छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका २२, सिद्धार्थनगर नगरपालिकाका १४, तिलोत्तमा नगरपालिकाका १२, सैनामैना नगरपालिकाका ५, कञ्चन गाउँपालिका र मायादेवी गाउँपालिकाका २÷२, ओमसतिया, रोहिणी र कोटहीमाई गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ८ सय १ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना सङ्क्रमित फेला परेपछि कैलालीमा उच्च सतर्कता

जिल्लामा १ हजार ४ सय ३७ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय अनुसार हालसम्म रुपन्देहीमा ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार