२१ कार्तिक २०७७, शुक्रबार

आज राती १२ बजेदेखि लागु हुनेगरी रौतहटमा निषेधाज्ञा जारी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष
3.0kViews
1964 Shares

सन्तोष काफ्ले, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले कार्तिक २१ गते राति १२ बजेदेखि लागु हुनेगरी मंसिर १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रसाशन कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी जात्रा, महोत्सव, सभा सम्मेलन जस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको हो ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमितलाई पहिलो पटक देखीनेछ यस्ता लक्षण !

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनामा सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रम गर्न नपाईने कुरा उल्लेख भएको छ । त्यस्तै जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, मानिसहरु भेला हुन, सभा जुलुस वा प्रदर्शनी गर्न पनि नपाइने उल्लेख छ ।
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका गतिविधि गर्न, चाडपर्वमा हुने जमघट, गोष्ठी, सेमिनार, तालिम पनि मापदण्ड र प्रोटोकल विपरीतका काम गर्न गराउन पनि निषेध गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०८ पुग्यो

सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लर, स्वीमिङ पुल, जिमखाना,स्पा:, प्रदर्शनी, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न, उद्योग कल कारखाना, ब्यापार, ब्यवसाय, निर्माण आदि काम गर्न र कामदारको ओसार पसार गर्न पनि बन्द गरिएको छ ।
त्यस्तै अनलाइन कक्षा बाहेकका अन्य तरिकाले बिधायार्थीलाई समुहमा राखी पठन पाठन गर्न पनि रोक लगाइएको जारी सुचनामा उल्लेख छ ।

यो पनि पढ्नुहोस् ...  कर्णालीमा ४७ जना कोरोना संक्रमित थपिए, कुल १ हजार ६ सय ६३ संक्रमित

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार