२१ कार्तिक २०७७, शुक्रबार

अनुदान सम्झौता गर्न प्राधिकरणको आह्वान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार समाचार
1.8kViews
1340 Shares

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तीम समयसीमा तय गरेको छ । प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले हालसम्म कायम भएका पुनःनिर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मङ्सिर मसान्तसम्म अनुदान सम्ंझौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने निर्णय भएको सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ...  स्वास्थ्यमन्त्रीद्धारा सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल

पहिलो किस्ता लिइसकेका सबै पुनःनिर्माण लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्ता लिनका लागि २०७७ माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ । पुनःनिर्माण तथा प्रवलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिनका लागि २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनु पर्नेछ ।

यो पनि पढ्नुहोस् ...  मलेसिया रोजगारी खोल्नभन्दा अलमल्याउनै केन्द्रित,जब ‘शक्तिशाली’ फेल भए...

प्राधिकरणको कार्यावधि नै सकिन लागेकोले यो नै अन्तिम समयसीमा हुने उहाँले बताउनुभयो । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन प्राधिकरणले आह्वान गरेको छं । प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन एकाई ९भवन० मा निवेदन दिन पनि अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् ...  हिमाल रेमिट दशैँ कप युएईमा सम्पन्न

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार