२१ कार्तिक २०७७, शुक्रबार

रुपन्देहीको रोहिणीमा विद्यालय सञ्चालन गर्न निर्देशन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार ५ नं. प्रदेश
3.1kViews
1034 Shares

रबिन्द्र प्रताप गुप्ता,भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि गाउँपालिकाका सबै विद्यालय खुल्ला गर्न निर्देशन दिएको छ । रोहिणीको गाउँ शिक्षा समितिको कार्तिक २० गते बसेको बैठकले विद्यालयमा आवश्यक सर्तकता अपनाउँदै २३ गतेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैठकले कोभिड–१९ को कारण अहिलेसम्म प्रभावित रहेको पठनपाठन कार्य अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौ : मुख्यमन्त्री पोखरेल

गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मद खाँले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भइरहेको अवस्थामा अब सावधानी अपनाउँदै बिद्यालय सञ्चालनको विकल्प नरहेको बताए । विद्यालयमा अभिभावकले आ–आफ्ना बालबालिकालाई अनिवार्य रुपमा माक्स लगाएर विद्यालय पठाउनुपर्ने खाँले बताए । माक्स नलगाई आएमा वा स्वास्थ्यमा समस्या देखिएमा त्यस्ता शिक्षक र बिद्यार्थीलाई बिद्यालयमा हातामा प्रवेश नदिइने उनले बताए ।

यो पनि पढ्नुहोस् ...  कपिलवस्तुमा प्रदेश सरकारको कृषि क्षेत्रमा योजनै योजना

सामाजिक दुरी कायम गर्नुपर्ने

त्यस्तै विद्यालयमा पनि एउटै बेञ्चमा २ जना मात्र विद्यार्थी राखेर सामाजिक दुरी कायम गरी अध्ययन अध्यापन गराउनुपर्नेछ । विद्यार्थीहरुको चाप हेरी सिफ्ट बनाई कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले यसरी अध्यापन गराउँदा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई निर्देशिका २०७७ अनुसार नयाँ पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने जनाए । उनले पहिलो पटक गाउँपालिकाले विद्यालयमा सेनिटाइजरको व्यवस्था गर्ने र त्यसपछि विद्यालय आफैँले सो को व्यवस्थापन गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस् ...  कांग्रेस सभापति देउवा भन्छन्, ‘सरकार भ्रष्टचारमा डुब्यो’

रोहिणी गाउँपालिकामा १५ वटा सामुदायिक विद्यालय, ११ वटा संस्थागत बिद्यालय र १२ वटा धार्मिक मदरसाहरु सञ्चालनमा रहेको उनले जानकारी दिए ।

 

 

 

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार