२१ कार्तिक २०७७, शुक्रबार

नेकपा सचिवालय : ओलीलाई भेट्न शनिबार प्रचण्ड–नेपाल पक्ष बालुवाटार जाने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार समाचार
2.1kViews
1616 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी थिएनन् । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी रहेका थिए ।

यो पनि पढ्नुहोस् ...  महराको बयान अब अस्पतालबाटै

औपचारिक सचिवालय बैठक बोलाउन आग्रह गर्दा ओलीले त्यसो गरिए पार्टी फुटको अन्तिम बिन्दु हुने चेतावनी दिएकोबारे बैठकमा सहभागीलाई जानकारी गराएको नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बादल पछिल्लोपटक खुमलटारमा भएको ओलीविरुद्धको भेलामा भने सामेल थिए । यसअघि प्रचण्डले बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटघाट गरी सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी

पार्टी बैठकका लागि भोलि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् ।

कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउन पहल गर्ने निर्णय भएको श्रेष्ठको भनाइ छ ।

यो पनि पढ्नुहोस् ...  आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने

पछिल्लो समय बैठकको निरन्तर माग गरिए पनि ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकको निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् ।

पार्टीका सबै तहमा अल्पमतमा परेपछि ओलीले बैठक टार्दै आएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार