२१ कार्तिक २०७७, शुक्रबार

सचिवालय बैठकमा बादलको अनुपस्थिति, असाधारण परिस्थितिको संकेत !

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार मुख्य नेटवर्क
7.2kViews
1162 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) भित्र चर्कँदै गएको आन्तरिक विवादकाबीच पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको छ । ९ सदस्यीय रहेको सचिवालय बैठकमा ५ जना उपस्थित छन् ।

बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी छैनन् । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी छन् ।

यो पनि पढ्नुहोस् ...  नेताहरुले देशै बिक्रि गरिदिए,नेकपालाई कम्युनिष्ट नै भन्न मिल्दैन:सिपी गजुरेल

त्यसोत, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलको अनुपस्थितिले विभिन्न शंका गर्न थालिएको छ । यसअघि कहिले ओलीतिर नजिक त कहिले प्रचण्डतिर नजिक हुँदै आएका थापा सचिवालय बैठकमा उपस्थित नहुनलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।

यो पनि पढ्नुहोस् ...  साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने

खासगरी अहिले बादल पार्टी एकताकै पक्षमा रहेको उनीनिकट नेताहरु बताउँदै आएका छन् । तर, पार्टीमा विकसित घटनाक्रमलाई लिएर उनका प्रमुख सल्लाहकार सुुर्य सुवेदीले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘असाधारण परिस्थिति !’

थापाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए । यीनै विषयहरुमा रहेर उज्यालो नेटवर्कले सोधेको प्रश्नमा बादलनिकट एक नेता भन्छन्,‘उहाँ पार्टी एकताको रक्षा गर्नपर्छ भन्ने पक्षमा रहेको मैले बुझेको छु । यदी परिस्थिति असामान्य हुने भयो भने उहाँले प्रचण्डको साथ छाड्नुहुन्न ।’

यो पनि पढ्नुहोस् ...  'भारत–नेपाल सम्बन्ध दुई देशका जनताको हितमा छ'

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार