२१ कार्तिक २०७७, शुक्रबार

नेकपा विवाद मिलाउन राष्ट्रपति सक्रिय ! गौतम र बादल ओली गुटमा ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार BOX NEWS
5.3kViews
1620 Shares

काठमाडौं । पहिलो कार्यकालको २८ महिना विवादित छवि बनाएकी राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो नेकपा विवादमा पनि देखा परेकी छिन ।

पटक–पटक विभिन्न विवादमा तानिइरहने राष्ट्रपति निवास सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः एक पटक विवादित यात्रातर्फ अघि बढेको संकेत उज्याले नेटवर्कलाई प्राप्त भएको छ । नेकपाभित्र विकसित राजनीतिक घटनाक्रमकाबीच बुधबार र बिहीबार राष्ट्रपतिले देखाएको सक्रियताले पुनः एकपट राष्ट्रपति पदको बारेमा चर्चा सामाजिक सन्जालमा सुरु भएको छ ।

बुधबार पार्टी विवादबारे चासो देखाउँदै नेकपाका प्रभावशाली नेता तथा सचिवालय सदस्य बामदेव गौतमसँग भेट गरिन । करिब आधा घन्टा चलेको छलफलमा नेकपाभित्रको विवाद अन्त्य गर्न भुमिका खेल्न गौतमलाई आग्रह गरेकी थिइन । गौतमले पार्टी विवाद अन्त्य गर्नका लागि लागिपर्ने उनले बताएका थिए ।

यो पनि पढ्नुहोस् ...  मन्त्रिपरिषद बैठक २ बजेका लागि सारियो

करिब आधा घण्टा भएको छलफलमा नेता गौतमले पार्टी भित्रको विवाद मिलाउन आफूले सक्दो पहल गर्ने बताएका थिए ।

गौतमपछि बादलसँगको भेट
राष्ट्रपति भण्डारीले बुधबार गौतमसँगको भेटघाटपछि बिहीबार गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग भेट गरेकी थिइन । पछिल्ला केही महिनादेखि बादल ओली गुटतिर गएको चर्चा चलिरहेका छन । त्यसोत, उनी र उनको सचिवालयले अहिलेसम्म पार्टी एकताको पक्षमा रहिरहने बताएका छन ।

स्रोतका अनुसार बिहीबार दिउँसो करिब १ घन्टा बादलसँग भएको छलफलमा पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई सहयोग गर्न आग्रह गरेकी थिइन । जवाफमा बादलले आफु पार्टी एकताको पक्षमा रहेको बताएका थिए । बादलनिकट स्रोतले उज्यालो नेटवर्कसँग भन्यो, ‘राष्ट्रपतिले उहाँ (बादल) लाई प्रधानमन्त्रीलाई सहयोग गर्न भन्नुभएको भएपनि अहिले पार्टी एकताको रक्षा गर्नपर्ने भन्दै आफु पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।’

यो पनि पढ्नुहोस् ...  बारामा गोली चल्यो, तीन प्रहरी र एक बालक घाइते

किन पटक पटक राष्ट्रपतिको सक्रियता ?
हुनत यसअघि पनि राष्ट्रपति भण्डारी र उनको सचिवालय एकपछि अर्को विवादित श्रृङखलामा नजोडिएको होइन । राष्ट्रको अभिभावकका रुपमा रहेको सम्मानित संस्था कुनै एक पार्टीको आन्तरिक विवाद मिलाउनका लागि पटक पटक सक्रिय भएको भन्दै आलोलना हुँदै आएको छ ।

यसैबीच नेकपा विवाद मिलाउन उनले देखाएको सक्रियताले संवैधानिक विषयवस्तुमा प्रश्न उठाएको छ । राष्ट्रपति र उनको संस्थासँग जोडिएर आएका यस्ता विषयवस्तुले आम नागरिकलाई आक्रोशित बनाउँदै आएको छ । सेनालाई जुत्ता चपल बोकाउने, सडकका मानिसलाई असर पुग्नेगरि राजशैलीमा बाटो कब्जा गर्ने, विलासी सामानप्रति मोह देखाउने लगायतका विषयबाट आलोचित हुँदै आइरहेको छ, राष्ट्रपति कार्यालय ।

यो पनि पढ्नुहोस् ...  नेकपामा खड्गप्रसाद : हिँड्दै छ पाइला मेट्दै छ...

उच्च स्रोतले भने अनुसार यो पटक राष्ट्रपतिको सक्रियताले बादल र गौतमलाई ओलीले आफुतिर ल्याउन गरेको आन्तरिक तयारी भएको हुनसक्ने बताएको छ । स्रोत भन्छ, ‘पार्टी विवाद उत्कर्षमा पुग्दा अहिले प्रचण्ड नेपाल पक्षमा ६ जना र ओली पक्षमा ३ जना सचिवालय सदस्य छन । गौतम र थापालाई आफनो पक्षमा राख्नका लागि ओलीले राष्ट्रपतिलाई केही सन्देश छोडन लगाएको हुनपर्छ । यद्यपी, यही पर्याप्त नहुन सक्छ । यसअघि पनि राष्ट्रपतिको पञ्योगमा पार्टी विवाद मत्थर गर्ने प्रयास भने नभएको होइन ।’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार