२१ कार्तिक २०७७, शुक्रबार

सुदूरपश्चिममा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार सुदुरपश्चिम प्रदेश
2.6kViews
1521 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस् ...  कोरोना भाइरस फैलिन नदिन स्थानीय तहमा क्वारेन्टाइन बनाइएको छु : मुख्यमन्त्री भट्ट

१० दिनदेखिसेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस् ...  प्रचण्डको ठोकुवा, ‘विप्लवको अब केही जोर चल्दैन’

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पनि पुष्टि गरे ।

७३ वर्षीय शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।

यो पनि पढ्नुहोस् ...  सुदूरपश्चिमका कोरोना संक्रमित ९३ प्रतिशत भारतबाट फर्केका नागरिक

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार