ओली र प्रचण्डबीच भनाभन

उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार समाचार

काठमाडौँ – नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ ।

पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करीब एक घण्टा भेटे । तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो ।

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भनाभनै चल्यो । ती, बिषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरुसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा बहस चलाएको, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मे विस्तार गरेर लैजान दिइएको निर्देशन, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बादीमा जाने भनी दिएको अभिव्यक्ति ।

यो विषयमा विवाद भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार