गणेश भगवानको नाम किन भयो विनायक ?

उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार रोचक बिचित्र

गणेशमा विभिन्न नाममध्ये अशोक विनायक पनि एक हुन् । काष्ठमाण्डप मन्दिर नजिकै अशोक गणेशको मन्दिर रहेको छ । अशोक विनायकको अर्को नाम मरु गणेश हो । गजुर नभएको गणेश भएकाले यस अशोक विनायकलाई मरु गणेश भनिएको हो ।

भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ उहाँको अरु कोही नायक छैन र उहाँनै सर्वश्रेष्ठ नायक भन्ने बुझिन्छ ।
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिदै आएको हो । भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उहाँले सबै बिघ्नबाधाहरुको निवारक पनि हुनुहुन्छ । उहाँले सबै कार्यहरु सिद्ध वा सफल गराउनुहुन्छ ।

भगवान गणेश सबै शक्तिका स्रोत हुनुहुन्छ । हुनत हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच, चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय हुनुहुन्छ कि उहाँमा गुणहरुको खानी छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ ।
साँच्चिक्कै भत्रे हो भने हाम्रा देवताहरुको पवित्र नजरमा भलाइ गर्ने दैविक शक्ति छ ।

हाम्रो बोली, सङ्कल्प, दृष्टि, चलन व्यवहारलाई पवित्र बनाइदिनु हुने देवता हुनु गणेशजी ।
किन रह्यो अशोक विनायक नाम
अहिले अशोक विनायकको मन्दिर रहेको स्थानमा झ्याम्म झाँगिएको एउटा अशोक ठूलो वृक्ष थियो । एकजना किसान खेतमा जाँदा त्यही बाटो गरी ओहोर दोहोर गर्थ्यो । किसान त्यस बाटोबाट हिड्दा सधैं एउटा सेतो छुचुन्द्रो त्यही रुखको फेदबाट माथि–तल गर्दै त्यस किसान समक्ष आई नाच्दै–भाग्दै गर्ने गर्दथ्यो ।

एकदिन होइन, दुईदिन होइन, सधैं त्यसो गरेबाट एकदिन त्यो किसानले अशोक वृक्षमुनि बसेर माथि हेर्दै गर्दा उक्त छुचुन्द्रोले रुखका पातहरु टिप्दै झार्दै गर्न लाग्यो र एकैछिनमा भुइँमा पातहरुको थुप्रो लाग्यो । त्यसपछि रुखबाट छुचुन्द्रो तल ओर्ली कराउँदै, टाउको हल्लाउँदै त्यहाँ रहेको पातको थुप्रोमा आफ्नो टाउको घुसार्दै बारम्बार देखाउन थाल्यो । छुचुन्द्रो यस्तो व्यवहार देखेर त्यस किसानले लौ लौ भैगो भोलि तिमीले देखाएको ठाउँमा कोदाली ल्याई खनी हेर्नेछु,’ भने । त्यो छुचुन्द्रो त्यही वृक्षको फेदबाट माथि गयो र किसान पनि आफ्नो बाटो लाग्यो ।

भोलिपल्ट बिहानै त्यहाँ गई खनेर हेर्दा एउटा गणेशको मूर्ति र अर्को छुचुन्द्रोको ढुङ्गाको मूर्तिहरु फेला परे । त्यसपछि त्यो सेतो छुचुन्द्रो रुखबाट तल झरी त्यही खनेको माटो थुपारेको ठाउँमै अलप भयो । उक्त गणेशको मूर्ति र छुचुन्द्रोको मूर्ति त्यही अशोकको वृक्षमा ठड्याई किसान घरतिर लाग्यो ।

त्यसै रातमा गणेश भगवान प्रकटभै ‘तिमीहरु सबैको रक्षा गर्छु’ भन्नु भयो । अनि भक्तहरुले त्यहीँ गणेश भगवान स्थापना गरी विना गजुरको मन्दिर बनाई अशोकको रुखमुनि रहेका गणेशलाई अशोक विनायक भनी दैनिक पूजा गर्न थाले ।

गजुर नभएको मन्दिर भएकाले त्यहाँ हेर्न आउनेहरुले गजू मरु (गजुर छैन) भन्दाभन्दै अशोक विनायक भन्दै स्थानीय नेवारहरुले मरु गणेश भत्र थाले । वास्तवमा भुःति सत्तलको पछाडिपट्टि रहेको देवता अड्याउने स्थान मात्र रहेको तर देवता नभएको भिबुँचा ठाउँलाई नै ‘मरु’ भन्ने गरिन्छ , सोही कारण त्यस टोलको नाम मरु गणेश रहन गएको हो । त्यहाँ रहेको सत्तललाई पनि अहिले मरुसत्तल भन्ने गरिएको छ । आजसम्म पनि अन्य गणेशस्थानहरुमा भन्दा अशोक विनायकमा भक्तहरुको बढी घुइँचो देखापर्दछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार