२० कार्तिक २०७७, बिहीबार

मन्त्री कार्की कोरोनामुक्त, विराटनगरमा पाँचको मुत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार कोरोना [Covid-19] विशेष
2.4kViews
1141 Shares

काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की कोरोना सङ्क्रमणमुक्त भई आजदेखि नियमित काममा फर्कनुभएको छ ।

मन्त्री कार्कीलाई कोरोना सङ्क्रमण देखिएको १४ दिन पूरा भएकाले आजबाट होम आइसोलेशबाट बाहिर आउनुभएको उहाँका निजीसचिव रवी खनालले बताउनुभयो । दुई सातापछि पुनःपरीक्षण आवश्यकक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशन र विज्ञको सल्लाह अनुसार मन्त्री कार्की बाहिर निस्कनुभएको हो ।
सामान्य अवस्थाका व्यक्तिले १४ दिनपछि पुनः परीक्षण नगर्दा हुने विश्व स्वास्थ्य संगठन र राष्ट्रिय परीक्षण प्रयोगशालाको मार्गनिर्देशनमा उल्लेख भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहताले बताउनुभयो । मन्त्री कार्कीलाई यही कात्तिक ६ गते सङक्रमण देखिएको थियो

यो पनि पढ्नुहोस् ...  चार हजारमा कोरोना परिक्षण गर्न सकिने

विराटनगरमा पाँचको मुत्यु
यसैबीच विराटनगरमा पछिल्लो १८ घण्टाको अवधिमा पाँच जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चार जना विभिन्न अस्पताल र एक जना होम आइशोलनका रहेका छन् ।
सुनसरी इटहरी –१८ का ५५ वर्षिय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज अपरान्ह मुत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो । मृतकलाई यही कात्तिक १७ उपचारका लागि भर्ना गरिएको थियो ।
सोही अस्पतालमा सिरहा विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको आज आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएको प्रवन्धक दाहालले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  ललितपुरमा एक जना कोरोना संक्रमितको निधन

यसैगरी न्यूरो कोभिड अस्पताल विराटनगरमा सुनसरी इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताउनु ्भयो ।

विराटनगर–११स्थित म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय सङ्क्रमित पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले जानकारी दिनुभयो । वराटनगर–८ का ७० वर्षीय सङक्रमित पुरुषको होम आइशोलेसनमा बुधबार राति मृत्यु भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  वीर अस्पतालमा धादिङका कोरोना संक्रमित महिलाको मृत्‍यु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार